'हामीले पालन गर्न सकूँ भनेर हाम्रो निम्ति सागर पार गरी यसलाई ल्याएर हामीलाई बताउने को छ?' भनी तिमीहरूले भन्नुपर्ने गरी यो समुद्रपारि छैन ।
TSK
TSK · प्रेरित 10:22
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
हेर्, गलत इच्छा गर्नेचाहिँ घमण्डले फुलेको छ । तर धर्मीचाहिँ आफ्नो विश्वासले जिउनेछ ।
किनभने हेरोद यूहन्नासित डराउँथे; तिनी धर्मी र पवित्र जन थिए भन्ने तिनलाई थाहा थियो, अनि हेरोदले उनलाई सुरक्षित राखे । तिनको प्रचार सुन्दा हेरोद अशन्त हुन्थे, तरै पनि खुसीसाथ सुन्थे ।
हेर, यरूशलेममा एक जना सिमियोन नाउँ गरेका व्यक्ति थिए । उनी धर्मी र ईश्वरभक्त मानिस थिए । उनले इस्राएलका सान्त्वना दाताको प्रतीक्षा गरिराखेका थिए र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्यो ।
हेर, त्यहाँ एक जना योसेफ नाउँ गरेका मानिस थिए । तिनी महासभाका सदस्य थिए, जो एक असल र धार्मिक मानिस थिए ।
जीवन दिनुहुने त आत्मा नै हुनुहुन्छ, देहले त कुनै पनि लाभ दिँदैन । मैले तिमीहरूलाई बोलेका वचनहरू आत्मा हुन् र तिनीहरू जीवन हुन् ।
म साँचो, साँचो तिमीहरूलाई भन्दछु, जसले मैले जसलाई पठाउँछु त्यसलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ ।
म यिनीहरूका लागि मात्र होइन तर तिनीहरूका लागि पनि प्रार्थना गर्दछु जसले तिनीहरूको वचनद्वारा मलाई विश्वास गर्नेछन्,
तिनी ईश्वरभक्त मानिस थिए । तिनी र तिनका सारा घरानाले परमेश्वरको आराधना गर्थे । तिनले यहूदीहरूलाई धेरै रूपैयाँ-पैसा सहयोग गरे र तिनले सधैँ परमेश्वरलाई प्रार्थना चढाइरहन्थे ।
त्यसैले, तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ । तपाईं गनगन नगरीकन आइदिनुभयो । अब परमप्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्न हामी सबै यहाँ परमेश्वरको उपस्थितिमा छौँ ।”
मैले त्यहाँ व्यवस्थाअनुसार भक्तिपूर्ण जीवन जिएका र त्यहाँ बस्ने सबै यहूदीहरूबाट सम्मान र आदर पाएका हननिया नाउँ गरेका मानिसलाई भेटेँ ।
किनकि यसैमा परमेश्वरको धार्मिकता विश्वासबाट विश्वासमा प्रकट गरिएको छ, जस्तो लेखिएको छ “धर्मीहरू विश्वासद्वारा नै जिउनेछन् ।”
यी सबै कुरा परमेश्वरबाट भएका हुन् । उहाँले हामीलाई ख्रीष्टद्वारा उहाँसँगै मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभएको छ ।
मेरा धर्मी जन विश्वासद्वारा जिउनेछ, यदि ऊ पछि फर्कन्छ भने, म उसँग प्रसन्न हुनेछैन ।”
तिमीहरू स्वर्गमा नाउँ दर्ता गरिएका पहिले जन्मेकाहरूको सभामा, सबैका न्यायकर्ता परमेश्वरकहाँ, अनि सिद्ध पारिएका धर्मी जनका आत्माहरूकहाँ आएका छौँ ।
डेमेत्रियसको बारेमा सबैद्वारा र सत्यता आफैँद्वारा पनि गवाही दिइन्छ । हामी पनि गवाही दिन्छौँ, र तिमी जान्दछौ, कि हाम्रो गवाही सत्य छ ।