TSK

TSK · प्रेरित 13:3

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तिनले उनीमाथि आफ्ना हात राखे र परमप्रभुले तिनलाई आज्ञा गर्नुभएझैँ नेतृत्व गर्न उनलाई आज्ञा दिए ।

तिनीहरू आएपछि तिनीहरूले उनीहरूले पवित्र आत्मा पाउन सकून् भनी उनीहरूका निम्ति प्रार्थना गरे ।

जब तिनीहरू उपवाससहित आराधना गरिरहेका थिए, पवित्र आत्माले भन्‍नुभयो, “शाऊल र बारनाबासलाई मेरो निम्ति अलग गर जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।”

त्यहाँबाट तिनीहरू जहाजमा चढेर एन्टिओखियातिर गए जहाँ उनीहरूले भर्खरै पुरा गरेका कामको निम्ति परमेश्‍वरको अनुग्रहमा तिनीहरू समर्पण गरिएका थिए ।

र जबसम्म तिनीहरू पठाईंदैनन् तिनीहरूले कसरी प्रचार गर्छन् र? जस्तो लेखिएको छ, “असल कुराहरूबारे खुसीको सन्देश प्रचार गर्नेहरूका पाउ कति राम्रा?”

कसैमाथि पनि हात राख्‍न हतार नगर । अरूको पापमा सहभागी नहोऊ । तिमीले आफैँलाई पवित्र राख्‍नु पर्छ ।

र धेरै गवाहीको माझमा तिमीले जे कुरा मबाट सुनेका छौ, अरूलाई पनि सिकाउन सक्‍ने विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ ।

त्‍यसकारण यस्ताहरूलाई हामीले स्वागत गर्नुपर्छ, ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्‍न सकौँ ।