आफ्नी आमा वा आफ्नो बुबालाई सराप दिने सबै मारिनुपर्छ । त्यसले आफ्नो बुबा वा आफ्नी आमालाई सरापेको हुनाले त्यो दोषी हुन्छ र त्यो मर्न योग्यको हुन्छ ।
TSK
TSK · प्रेरित 18:6
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
त्यसपछि दऊदले त्यो मृतक अमालेकीलाई भने, “तेरो रगत तेरै शिरमा परोस् किनभने तेरै मुखले तेरो विरुद्ध गवाही दिएको र भनेको छ, 'मैले परमप्रभुका अभिषिक्त राजालाई मारेको छु' ।”
जब म एक जना दुष्ट मानिसलाई 'तँ निश्चय नै मर्नेछस्' भन्छु, र त्यसको प्राण बचाउनलाई तैंले त्यसलाई चेताउनी दिइनस्, वा त्यसको दुष्ट चालको लागि त्यसको विरुद्ध सल्लाह दिइनस्—भने, त्यो मानिस पापको कारण मर्नेछ, तर म त्यसको रगत तेरो हातबाट लिनेछु ।
मानिसहरूले तुरहीको आवाज सुने तर पनि ध्यान दिंदैनन्, र तरवार आउँछ र तिनीहरूलाई मार्छ भने, ती प्रत्येकको रगत आफ्नै शिरमा पर्नेछ ।
म तिमीहरूलाई भन्छु, धेरै जना पूर्व र पश्चिमबाट आउनेछन्, अनि तिनीहरू अब्राहाम, इसहाक र याकूबसँग स्वर्गीय राज्यको भोजमा बस्नेछन् ।
यसकारण, म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट टाढा लगिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले आफ्नो फल फलाउनेछ ।
सबै मानिसले भने, “उसको रगत हामी र हाम्रा छोराछोरीहरूमाथि परोस् ।”
तर तिमीहरू जुन सहरमा प्रवेश गर्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गरेनन् भने, त्यस सहरका सडकहरूमा गएर यसो भन,
जब यहूदीहरूले भिडलाई देखे, तिनीहरू डाहले भरिए, र पावलले भनेका कुराहरूको बिरुद्धमा बोल्न थाले र उनको अपमान गरे।
तर केही यहूदीहरूले हृदय कठोर पारे र अनाज्ञाकारी भए, अनि तिनीहरूले ख्रीष्टको मार्गको विरुद्धमा भिडहरूका सामु दुष्ट कुरा बोल्न थाले । यसकारण पावलले उनीहरूलाई छोडे र विश्वासहरूलाई लिएर त्यहाँबाट गए । उनले टुरान्नसको प्रवचन कक्षमा हरेक दिन बोल्न थाले ।
मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ, र मैले तिनीहरूलाई ईश्वरको निन्दा गर्ने बनाउन कोसिस गरेँ । म तिनीहरूसित अति नै रिसाएँ, र तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदाएँ ।
त्यसकारण, तिमीले जान्नुपर्ने हुन्छ, कि परमेश्वरको मुक्तिलाई अन्यजातिहरूका निम्ति पठाईएको छ,र तिनीहरूले सुन्नेछन् ।
जसरी उहाँ होशेको पुस्तकमा भन्नुहुन्छ, “जो मेरा मानिसहरू थिएनन्, म तिनीहरूलाई मेरा मानिसहरू भन्नेछु, र जो प्रिय थिएनन् तिनलाई प्रिय भन्नेछु ।
किनकि यहूदी र ग्रिकहरूबिच कुनै भिन्नता छैन । किनकि उही प्रभु नै सबैका प्रभु हुनुहुन्छ र उहाँलाई पुकार्ने सबैको लागि उहाँ प्रशस्त हुनुहुन्छ ।
किनभने भाइहरू हो, तिमीहरू ख्रीष्ट येशूमा भएका यहूदियाका मण्डलीबिच तिमीहरू परमेश्वरको मण्डलीको नक्कल गर्नेहरू भएका छौ किनभने तिनीहरूले यहूदीहरूबाट सतावट पाएजस्तै तिमीहरू पनि आफ्नै मानिसहरूबाट सताइएका छौ ।
उहाँका विरोधीहरूलाई विनम्रतामा सुधार्ने हुनुपर्छ । सायद परमेश्वरले तिनीहरूलाई सत्यताको ज्ञानको लागि पश्चात्ताप दिनुहुनेछ ।
तिमीहरू यी कुरामा तिनीहरूसँग सहमत नभएको कारण तिनीहरू अचम्म मान्छन् । त्यसैले, तिनीहरूले तिमीहरूको बारेमा खराब कुरा गर्छन् ।