तिनको घरमा जन्मेका र विदेशीबाट किनिएका सबै पुरुषहरूको खतना तिनको खतनासँगसँगै भयो ।
TSK
TSK · प्रेरित 18:8
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
यदि परमप्रभुको आराधना गर्न तिमीहरूको दृष्टिमा गलत देखिन्छ भने, तिमीहरूले कसको सेवा गर्ने तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूको वा एमोरीहरूका देवताहरू जसको भूमिमा तिमीहरूले बसोबास गरेका छौ । तर म र मेरो घरानाले चाहिँ परमप्रभुको आराधना गर्छौं ।
यहूदी सभाघरका याइरस नाउँ गरेका एक जना अगुवा आए । जब उनले येशूलाई देखे, तब उहाँको पाउमा परे ।
उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा जाओ, र समग्र सृष्टिलाई सुसमाचार प्रचार गर ।
तर जब फिलिपले परमेश्वरको राज्य र येशू ख्रीष्टको सुसमाचारको बारेमा जे प्रचार गरे तिनीहरूले त्यसमाथि विश्वास गरे अनि पुरुष र स्त्रीहरू दुवैले बप्तिस्मा लिए ।
तिनी ईश्वरभक्त मानिस थिए । तिनी र तिनका सारा घरानाले परमेश्वरको आराधना गर्थे । तिनले यहूदीहरूलाई धेरै रूपैयाँ-पैसा सहयोग गरे र तिनले सधैँ परमेश्वरलाई प्रार्थना चढाइरहन्थे ।
अनि व्यवस्था र अगमवक्ताहरूका पुस्तक पढिसकेपछि सभाघरका अगुवाहरूले उनीहरूलाई यसो भनेर सन्देश पठाए, “भाइहरू हो, यदि तपाईंहरूसँग यहाँ भएका मानिसहरूको निम्ति कुनै उत्साहको सन्देश छ भने भन्नुहोस् ।”
उनले पावल र सिलासलाई आफ्नो घरमा लिएर गए र तिनीहरूलाई खाना खुवाए । उनी उनका सबै घराना निकै रमाए किनभने उनीहरू सबैले परमेश्वरमा विश्वास गरेका थिए ।
त्यसो हो भने, जसमाथि तिनीहरूले विश्वास गरेका छैनन् उहाँलाई कसरी पुकार्ने? र जसको विषयमा तिनीहरूले सुनेका छैनन् उहाँमाथि कसरी विश्वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्न सक्छन्?