TSK

TSK · प्रेरित 2:14

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, किनकि मेरा मार्गहरूमा हिँड्ने आशिषित् हुने छन् ।

¶ तिमीहरू जो धार्मिकताको पछि लाग्‍छौ, तिमीहरू जो परमप्रभुको खोजी गर्छौ, मेरो कुरा सुनः तिमीहरू निकालिएका चट्टानलाई र तिमीहरू काटिएका पत्थरलाई हेर ।

ठिक कुरा जान्‍ने, आफ्नो हृदयमा मेरो व्यवस्था राख्‍ने मानिसहरू, मेरो कुरा सुनः मानिसहरूका अपमानदेखि नडराओ, न तिनीहरूका दुराचारदेखि निराश होओ ।

जे रोटी होइन त्यसको लागि किन चाँदी तौलन्छौ र जे कुराले सन्तुष्‍टि दिंदैन त्यसको निम्ति तिमिहरू किन परिश्रम गर्छौ? मेरो कुरा ध्यानसित सुन र जे असल छ सो खाओ, अनि मोटोपनमा आफूलाई खुसी पार ।

¶ “तुरही फुक्‍न तयार होओ! परमप्रभुको मन्‍दिरमाथि एउटा गरुड आउँदैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्ध बागी भएका छन् ।

हे इस्राएलका मानिसहरू हो, यी वचनहरू सुन्‍नुहोस्∶ परमेश्‍वरले तपाईंहरूका बिचमा उहाँद्वारा गर्नु भएका शक्तिशाली कामहरू, आश्‍चर्यकर्महरू र चिन्हहरूद्वारा परमेश्‍वरले तपाईंहरूकहाँ साँचो प्रमाणित गर्नुभएका मानिस नासरतका येशू नै हुनुहुन्छ भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ ।

स्तिफनसले भने, “दाजुभाइ तथा पिताहरू हो, मेरो कुरा सुन्‍नुहोस्ः हाम्रा पिता अब्राहाम हारानमा बस्‍नुअगि महिमाका परमेश्‍वर मेसोपोटामियामा तिनीकहाँ देखा पर्नुभयो ।

उनीहरू चिच्‍च्‍याउँदै थिए, “हे इस्राएलका मानिसहरू हो, हामीलाई सहायता गर्नुहोस् । मानिसहरू, व्यवस्था र यस ठाउँको विरुद्धका कुराहरू जताततै सबै मानिसहरूलाई सिकाउने मानिस यिनै हुन् । साथै यिनले ग्रिकहरूलाई पनि मन्दिरभित्र ल्याएका छन्, र यो पवित्र ठाउँलाई अशुद्ध तुल्याएका छन् ।”