TSK

TSK · प्रेरित 25:7

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

जसले गर्दा हजुरले आफ्ना पिताको अभिलेख खोज्‍न र राजाहरूसाथै प्रान्तहरूलाई हानि गर्ने यो एउटा विद्रोही सहर रहेछ भनी पुष्‍टि गर्न सक्‍नुहुन्‍छ । यसले राजाहरू र प्रान्तहरूलाई धेरै समस्या दिएको छ । पहिले देखि नै यो विद्रोहको केन्द्र बनेको छ । यही कारणले गर्दा यो सहर नष्‍ट पारिएको थियो ।

मलाई मेरा शत्रुहरूको इच्छामा नछोड्नुहोस्, किनकि झुटो साक्षीहरू मेरो विरुद्धमा उठेका छन्, र तिनीहरूले हिंसाको सास फेर्छन् ।

तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूको अपमान गर्दछन् र तिमीहरूलाई दुःख कष्‍ट दिन्छन्, वा मेरो खातिर तिमीहरूका विरुद्धमा झुटो रूपमा सबै किसिमका दुष्‍ट कुराहरू भन्दछन् ।

मुख्य पुजारीहरूले येशूको विरुद्धमा धेरै अभियोग पेस गरिरहेका थिए ।

मुख्य पुजारीहरू र शास्‍त्रीहरूले येशूलाई जोड्दार दोष लगाउँदै उभिएका भए ।

किनभने हामीले यस मानिसलाई दु:ख दिने र सारा संसारभरिका यहूदीहरूलाई विद्रोह गर्न लगाउने व्यक्तिको रूपमा पाएका छौँ । ऊ नाजरी सम्प्रदायको एउटा अगुवा हो ।

फेस्तसले भने, “राजा अग्रिप्पा, यहाँ हामीसँग हुनुभएका सबै मानिसहरू, तपाईंले यो मानिसलाई देख्‍नु हुन्छ; यरूशलेममा र यहाँ पनि कैयौँ यहूदीहरूले मसँग छलफल गरे, र ऊ जीवित रहनु हुँदैन भनी मसँग कराए ।