निर्माण गर्नेहरूले इन्कार गरेको ढुङ्गो कुनेढुङ्गा बनेको छ ।
TSK
TSK · प्रेरित 4:11
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
यसकारण परमप्रभु परमेश्वर भन्नहुन्छ, “हेर्, म सियोनमा एउटा जगको ढुङ्गा, जाँचिएको ढुङ्गा, बहुमूल्य कुनेढुङ्गा, एउटा बलयो जग राख्नेछु । जसले विश्वास गर्छ ऊ लाजमा पर्नेछैन ।
ए मानिसको छोरो, तँचाहिं तिनीहरूदेखि अथवा तिनीहरूका कुरादेखि नडरा । तँ सिउँडी र काँढा भए, अथवा तँ बिच्छीहरूका बिचमा बसे तापनि तँ नडरा । तिनीहरूका वचनहरूदेखि नडरा वा तिनीहरूका अनुहारहरूदेखि भयभीत नहो, किनकि तिनीहरू विद्रोही घराना हुन् ।
जब म एक जना दुष्ट मानिसलाई 'तँ निश्चय नै मर्नेछस्' भन्छु, र त्यसको प्राण बचाउनलाई तैंले त्यसलाई चेताउनी दिइनस्, वा त्यसको दुष्ट चालको लागि त्यसको विरुद्ध सल्लाह दिइनस्—भने, त्यो मानिस पापको कारण मर्नेछ, तर म त्यसको रगत तेरो हातबाट लिनेछु ।
अब मैले यहोशूको सामु राखिदिएको ढुङ्गोलाई हेर् । यो एउटा ढुङ्गोमा सात आँखाहरू छन्, र म एउटा शिलालेख खोप्नेछु, परमप्रभु घोषणा गर्नुहुन्छ, अनि म एक दिनमा नै यस भूमिबाट पाप मेटाउनेछु।
येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्त्रमा पढेनौ, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्ध गरे त्यहीचाहिँ कुनाको शिर ढुङ्गो बन्यो । यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्टिमा यो आश्चर्यपूर्ण छ? ’
के तिमीहरूले यो धर्मशास्त्र पढेका छैनौ? ‘जुन ढुङ्गालाई निर्माणकर्ताहरूले अस्वीकार गरे, त्यही नै कुने-ढुङ्गो भएको छ ।’
तपाईंहरूका पुर्खाले कुनचाहिँ अगमवक्तालाई सताएनन्? तिनीहरूले अगमवक्ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परेका थिए । अहिले आएर तपाईंहरूले उहाँका विश्वासघाती र उहाँका हत्यारा बन्नु भएको छ ।
हामीसँग यस्तो आशा भएको कारण हामी साहसी छौँ ।
तिमीहरू प्रेरित र अगमवक्ताहरूको जग माथि बसालेर निर्माण गरिएका हौ । ख्रीष्ट येशू आफैँ कुने-ढुङ्गो हुनुहुन्छ ।