मोशा गएर परमप्रभुका वचनहरू र विधिविधानहरू मानिसहरूलाई सुनाइदिए । सबै मानिसले एकै सोरमा भने, “परमप्रभुले भन्नुभएका सबै वचन हामी पालन गर्नेछौँ ।”
TSK
TSK · प्रेरित 5:20
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
“परमप्रभुको मन्दिरको मूल ढोकामा खडा हो र यो वचन घोषणा गर् । यसो भन्, 'परमप्रभुलाई आराधना चढाउन यी ढोकाहरूबाट प्रवेश गर्ने यहूदाका सबै मानिसहरू हो, परमप्रभुको वचन सुन ।
त्यसैले पशहूरले यर्मिया अगमवक्तालाई कुटे र त्यसपछि तिनलाई परमप्रभुको मन्दिरस्थित बेन्यामीनको माथिल्लो ढोकामा भएको ठिंगुरोमा हाले ।
“परमप्रभु यसो भन्नुहुन्छ, 'मेरो मन्दिरको चोकमा खडा हो र मेरो मन्दिरमा आराधना गर्ने आउने यहूदाका सबै सहरको बारेमा भन् । तिनीहरूलाई भन्न मैले तँलाई आज्ञा गरेका सबै वचन घोषणा गर् । एउटै शब्द पनि नछोड ।
जब येशू मन्दिरमा आउनुभएको थियो, उहाँले सिकाउँदै गर्नुहुँदा मुख्य पुजारीहरू र मानिसका अगुवाहरू उहाँकहाँ आएर भने, “तिमीले कुन अधिकारले यी कुराहरू गर्दछौ? र तिमीलाई यो अधिकार कसले दियो?”
सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जानु? अनन्त जीवनको वचन तपाईंसँग छ ।
यो अनन्त जीवन होः तिनीहरूले तपाईंलाई अर्थात् एक मात्र साँचा परमेश्वर, र जसलाई तपाईंले पठाउनुभएको छ अर्थात् येशू ख्रीष्टलाई चिनून् ।
येशूले तिनलाई जवाफ दिनुभयो, “म संसारसँग खुल्लमखुल्ला बोलेको छु । मैले सधैँ मन्दिर र सभाघरहरूमा शिक्षा दिइरहेको थिएँ जहाँ सबै यहूदीहरूसँगै आउँछन् । मैले कुनै पनि कुरा गुप्तमा भनेको छैन ।
¶ सुरुदेखि नै हुनुभएको जीवनको वचनको बारेमा, जुन हामीले सुनेका छौँ, हाम्रा आफ्नै आँखाले देखेका छौँ, हामीले विचार गरेका छौँ र हाम्रा आफ्नै हातहरूले छोएका छन्