तिनले चाहेअनुरूप उनका शासकहरूलाई सल्लाह दिन र उनका धर्मगुरुहरूलाई बुद्धि सिकाउन ।
TSK
TSK · प्रेरित 5:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
दिउँसोको समयमा उहाँले मन्दिरमा सिकाउनुहुन्थ्यो र साँझमा उहाँ बाहिर जानुहुन्थ्यो, र डाँडामा रात बिताउनुहुन्थ्यो जसलाई जैतून भनिन्छ ।
बिहानै सबेरै उहाँ फेरि मन्दिरमा आउनुभयो, र सबै मानिसहरू आए; उहाँ बस्नुभयो, र तिनीहरूलाई सिकाउनुभयो ।
अर्को दिन तिनीहरूका शासकहरू, एल्डरहरू र शास्त्रीहरू यरूशलेममा जम्मा भए ।
जब मन्दिरका कप्तान र मुख्य पूजाहारीहरूले यी कुराहरू सुने, के हुने होला भनी तिनीहरू अन्योलमा परे ।
तर गमलिएल नाउँ गरेका फरिसी र व्यवस्थाका एक जना शिक्षक थिए जो सबै मानिसहरूद्वारा सम्मानित थिए । उनी उभिए र केही समयको लागि प्रेरितहरूलाई बाहिर रहनलाई आज्ञा गरे ।
जब उज्यालो भयो, पत्रुसलाई के भयो होला भनी त्यहाँ सिपाहीहरूको माझमा कम्ति उत्तेजना भएन ।
किनभने तिमीले देखेका र सुनेका कुराहरूको बारेमा तिमी सबै मानिसहरूका लागि गवाही बन्नेछौ ।