यसकारण, जाओ र सबै देशका जातिलाई चेला बनाओ । पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ ।
TSK
TSK · प्रेरित 8:12
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
उहाँले तिनीहरूलाई परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न र बिरामी निको पार्न पठाउनुभयो ।
उहाँको कष्टभोगपछि उहाँले धेरै विश्वसनीय प्रमाणसहित आफैँलाई तिनीहरूकहाँ जीवित प्रस्तुत गर्नुभयो । उहाँ चालिस दिनसम्म उनीहरूकहाँ देखा पर्नुभयो र परमेश्वरको राज्यको बारेमा बताउनु भयो ।
तब तिनीहरूले तिनको वचन ग्रहण गरे र बप्तिस्मा लिए र झन्डै तिन हजार प्राणहरू त्यस दिन थपिए ।
फिलिपले बताउन थाले । तिनले उनलाई येशूको बारेमा बताउन यशैयाको यस खण्डबाट सुरु गरे ।
तर तिनीहरूमध्ये केही मानिसहरू साइप्रस र कुरेनीबाटका एन्टिओखियामा आए र ग्रिकहरूसँग पनि बोले र प्रभु येशूको प्रचार गरे ।
उनीहरूले भने, “प्रभु येशूमा विश्वास गर्नुहोस् अनि तपाईंले उद्धार पाउनुहुने छ, तपाईं र तपाईंको परिवारले ।”
तपाईंहरूलाई थाहै छ कि मैले कसरी यहूदी र ग्रीकहरू दुवैलाई परमेश्वरतिर फर्कन पश्चात्ताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्वास गर्नुपर्ने कुराको बारेमा चेताउनी दिइरहेँ ।
उनले परमेश्वरको राज्यको प्रचार गरिरहेका थिए, र ठुलो साहसका साथ प्रभु येशू ख्रीष्टको बारेमा शिक्षा दिइरहेका थिए । कसैले पनि उनलाई रोकेन ।
तापनि प्रभुमा स्त्री पुरुषबाट स्वतन्त्र हुन्न न त स्त्रीबाट पुरुष नै ।
यो अहिले तिमीहरूलाई बचाउने बप्तिस्माको एउटा सङ्केत हो जुनचाहिँ शरीरको फोहोर सफा गरेजस्तो नभई येशू ख्रीष्टको पुनरुत्थानद्वारा परमेश्वरमा असल विवेकको निवेदनको रूपमा हो ।