उहाँले आफ्नो मुख खोल्नुभयो र तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो,
TSK
TSK · प्रेरित 8:35
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ ।”
त्यसपछि हरेक दिन मन्दिर र घर-घरमा, तिनीहरूले निरन्तर येशूलाई नै ख्रीष्टको रूपमा सिकाइरहेका र प्रचार गरिरहेका थिए ।
तब पत्रुसले आफ्नो मुख खोलेर भनेः “साँच्चै म जान्दछु कि परमेश्वरले कसैको पक्षपात गर्नुहुन्न ।
पावलले आफ्नो आदतअनुसार उनीहरूकहाँ गए र तिनवटा विश्राम दिनसम्म त्यहाँका मानिसहरूसँग धर्मशास्त्रबाट तर्क गरे ।
धर्मशास्त्रद्वारा येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा सबैका सामु प्रमाणित गरेर देखाउन सक्ने अपोलोको शक्ति र सीप देखेर यहूदीहरू नाजवाफ भए ।
परमेश्वरले अहिलेसम्म मलाई सहायता गर्नुभएको छ । यसैकारण म खडा भएर साधारण मानिसहरू र ठुला मानिसहरूलाई अगमवक्ताहरू र मोशाले जे हुने थिए भनेका थिए ती कुराहरूभन्दा बढी कुनै पनि कुराको गवाही दिन्नँ ।
तर हामीचाहिँ क्रुसमा मर्नुभएका येशूको प्रचार गर्छौ, जुन यहूदीहरूका निम्ति ठेस लाग्ने ढुङ्गो हो, र ग्रिकहरूका निम्ति मूर्खता हो ।
हे कोरिन्थका विश्वासीहरू हो, हामीले तिमीहरूलाई सबै साँचा कुराहरू बताएका छौँ र हाम्रा हृदयहरू खुला छन् ।
तिनीहरूले कस्तो प्रकारको मुक्ति आउँदै छ भनी खोजी गरे । तिनीहरूमा हुनुभएका ख्रीष्टका आत्माले कुन समयको विषयमा बोलिरहनुभएको छ भन्ने कुराको पनि तिनीहरूले खोजी गरे । यो कार्य त्यति बेला भइरहेको थियो जति बेला उहाँले अगाडिबाट नै तिनीहरूलाई येशू ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको बारेमा बताउँदै हुनुहुन्थ्यो ।