परमप्रभुले आफ्नो वेदीलाई तिरस्कार गर्नुभएको छ, र पवित्र वासस्थानलाई त्यागिदिनुभएको छ । उहाँले त्यसका महलहरूका पर्खालहरू शत्रुको हातमा सुम्पिदिनुभएको छ । तोकिएको चाडको दिनमा जस्तै तिनीहरूले परमप्रभुको मन्दिरमा विजयको ध्वनि लगाएका छन् ।
TSK
TSK · दानिएल 11:31
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
उहाँले तिनीहरूलाई भन्नुभयो, “मन्दिर बिटुलो पार, र त्यसका चोकहरूलाई लाशहरूले भर । जाओ!” यसैले तिनीहरू गए र सहरलाई आक्रमण गरे ।
त्यसले आफूलाई सेनाका कमान्डर जत्तिकै महान् बनायो । त्यसले उहाँबाट नियमित होमबलि खोसेर लग्यो, र उहाँको पवित्रस्थानलाई अशुद्ध पारियो ।
उसको शक्ति महान् हुनेछ— तर उसको आफ्नै शक्तिले होइन । उसले जे कुराको विनाश गर्छ, त्यसमा ऊ अचम्ममा पर्नेछ । काम गर्नेछ र सफल हुनेछ । उसले शक्तिशाली मानिसहरू, अर्थात् पवित्र जनहरूका बिचमा भएका मानिसहरूलाई सर्वनाश गर्नेछ ।
एउटा सातको निम्ति तिनले धेरै जनासँग करार सदर गर्नेछन् । सातको बिचमा तिनले बलिदान र भेटीलाई समाप्त गर्नेछन् । घृणित कुराहरूको पखेटामा कोही व्यक्ति आउनेछ जसले सर्वनाश गर्नेछ । सर्वनाश गर्ने व्यक्तिलाई पूर्ण रूपमा खत्तम गर्ने र विनाश पार्ने आदेश भएको छ ।”
त्यसकारण, जब तिमीहरूले दानिएल अगमवक्ताले भनेका जस्तै त्यस विनाशकारी घृणित व्यक्तिलाई पवित्र स्थानमा उभिएको देख्छौ (पाठकले आफैँ बुझोस),
जब तिमीहरूले यरूशलेमलाई सेनाले घेरेको देख्नेछौ, तब त्यसको विनाश नजिकै छ भनी जान ।
तिमीले देखेका दसवटा सिङ दस जना राजा हुन्, जसले अहिलेसम्म राज्य प्राप्त गरेका छैनन्, तर त्यो पशुसँगै तिनीहरूले एक घण्टाका निम्ति राजाकै अधिकार प्राप्त गर्नेछन् ।