TSK

TSK · दानिएल 11:6

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

दुष्‍टहरूबाट तिनीहरूको 'ज्योति' लगिन्छ । तिनीहरूको उठाइएको पाखुरा भाँचिन्छ ।

“ए मानिसको छोरा, मैले मिश्रदेशको राजा फारोको हात भाँचेको छु । हेर्, त्‍यसमा बाँधेको वा पट्टीले निको पार्न खोजिएको छैन, जसले गर्दा तरवार समाउन त्‍यो बलियो होस् ।

तर तिनको ठाउँमा तिनका जराहरूबाट एउटा हाँगो पलाउनेछ । उनले उत्तरको राजाको सेनालाई आक्रमण गर्नेछन् र किल्लाभित्र प्रवेश गर्नेछन् । उनले तिनीहरूसित लडाइँ गर्नेछन् र तिनीहरूमाथि विजय पाउनेछन् ।

उत्तरका राजा आउनेछन्, र घेरा मचान बनाउनलाई माटो थुपार्नेछन् र पर्खालले घेरिएको सहरलाई कब्जा गर्नेछन् । दक्षिणको शक्ति टिक्‍न सक्‍नेछैन, तिनीहरूका सर्वोत्कृष्‍ट सेना पनि टिक्‍न सक्दैन । खडा हुने शक्ति हुनेछैन ।

किनभने हेर्, म भूमिमा एउटा गोठालो नियुक्त गर्दैछु । त्यसले हराउँदै गरेको भेडाको वास्ता गर्नेछैन । हराएको भेडालाई त्यो खोज्न जानेछैन, न त घाइते भेडालाई निको पार्नेछ । त्यसले स्वस्थ भेडाहरूलाई खुवाउनेछैन, तर मोटो भेडाको मासु खानेछ र तिनीहरूका खुरलाई च्यात्‍नेछ ।