यसैले, हे परमप्रभु, तपाईंका सबै शत्रुहरू नाश होऊन्! तर तपाईंका मित्रहरू आफ्नो शक्तिमा उदाएको सुर्यझैं होऊन् ।” त्यसपछि देशमा चालिस वर्षसम्म शान्ति भयो ।
TSK
TSK · दानिएल 12:3
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तर धर्मी मानिसहरूको मार्ग प्रभातको पहिलो किरणजस्तै हो । मध्यदिन नआएसम्म यो झन्-झन् चम्किलो हुन्छ ।
उपदेशक बुद्धिमान् थिए, र तिनले मानिसहरूलाई ज्ञानका कुराहरू सिकाए । तिनले अध्ययन गरे, र मनन गरे अनि धेरै हितोपदेशहरू ठिक क्रममा मिलाएर राखे ।
मानिसहरूमध्ये बुद्धिमान्ले धेरै जनालाई बुझाउनेछ । तर तरवार र आगोले तिनीहरू ढल्नेछन् । तिनीहरू कैदमा जानेछन् र धेरै दिनसम्म लुटिनेछन् ।
तब धर्मी मानिसहरू उनीहरूका पिताको राज्यमा सूर्यझैँ चम्कनेछन् । जससँग कान छ, उसले सुनोस् ।
त्यसैले, विश्वासयोग्य र बुद्धिमान् नोकर को हो, जसलाई उसको मालिकले आफ्नो घरका मानिसहरूलाई तिनीहरूका खाना ठिक समयमा तिनीहरूलाई दिनलाई नियुक्त गरेको छ?
जसले कटनी गर्छ, त्यसले ज्याला पाउँछ र अनन्त जीवनको निम्ति फल बटुल्छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् ।
¶ एन्टिओखियाको सभामा त्यहाँ केही अगमवक्ताहरू र शिक्षकहरू थिए । तिनीहरूमा बारनाबास, सिमियोन (जसलाई नाइजर भनिन्थ्यो), कुरेनीका लुसियस मनेन (जो पालनपोषण गरेर हेरोदसँगै हुर्किएका भाइ) र शाऊल थिए ।
त्यसरी नै स्वर्गीय तथा पार्थिव शरीरहरू हुन्छन् । तर स्वर्गीय शरीरको महिमा एक किसिमको र पार्थिव शरीरको महिमा अर्कै हुन्छ ।
जीवनको वचनलाई बलियो गरी पक्र ताकि ख्रीष्टको दिनमा मसँग महिमा गर्ने कारण होस् । किनभने त्यस दिन म व्यर्थमा दौडिनँ र मेरो परिश्रम व्यर्थको भएन भन्ने म जान्नेछु ।
किनकि यस बेलासम्म त तिमीहरू शिक्षकहरू भइसक्नुपर्ने थियो, तर तिमीहरूलाई अझै पनि कसैले परमेश्वरको वचनका साधारण सिद्धान्तहरू सिकाउनुपरेको छ । तिमीहरूलाई खँदिलो भोजन होइन, दूधको आवश्यक छ ।
र हाम्रा प्रभुको धैर्यलाई मुक्ति ठान, जसरी हाम्रा प्रिय भाइ पावलले उनलाई दिइएको ज्ञानद्वारा तिमीहरूलाई लेखेका छन् ।