म दोषी छैनँ भनी तपाईं जान्नुहुन्छ, र कोही पनि छैन जसले मलाई तपाईंको हातबाट बचाउन सक्छ?
TSK
TSK · दानिएल 8:4
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
हे परमेश्वरलाई बिर्सने हो, यसलाई राम्ररी विचार गर । नत्र म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र तिमीहरूलाई सहायता गर्न आउने कोही पनि हुनेछैन ।
¶ आफ्नो अभिषिक्त कोरेसलाई परमप्रभुले यसो भन्नुहुन्छ, उसको सामु रहेका जातिहरूलाई अधीन गर्न, राजाहरूलाई निशस्त्र पार्न र ढोकाहरू खुल्ला रहून् भनेर उसको सामु भएका ढोकाहरू खोल्न, उसको दाहिने हातलाई म समात्छुः
¶ यर्मिया अगमवक्ताको हातद्वारा कल्दीहरूको देश बेबिलोनको विषयमा परमप्रभुले घोषणा गर्नुभएको वचन यही हो,
परमेश्वरले उहाँलाई दिनुभएको महान्ताको कारणले, सबै मानिसहरू, जातिहरू र भाषा बोल्नेहरू थरथर भए र उहाँको भय माने । उहाँले जसको प्राण लिने इच्छा गर्नुभयो, त्यसको प्राण उहाँले लिनुभयो, र उहाँले जसलाई जीवित राख्ने इच्छा गर्नुभयो, त्यसलाई उहाँले जीवित राख्नुभयो । जसलाई उहाँले चाहनुभयो त्यसलाई उचाल्नुभयो, र जसलाई उहाँले इच्छा गर्नुभयो त्यसलाई उहाँले होच्याउनुभयो ।
अनि त्यहाँ अर्को एउटा भालुजस्तो पशु थियो, र त्यो झुकिरहेको थियो । आफ्ना दाँतहरूका बिचमा त्यसले तिनवटा करङ थिए । त्यसलाई यसो भनियो, ‘उठ् र धेरै जना मानिसलाई खा ।’
अब म तिमीलाई सत्य कुरा बताउँछु । फारसमा तिन जना राजा खडा हुनेछन्, र अरूभन्दा चौथोचाहिं धेरै धनी हुनेछ । आफ्नो धनदौलतबाट त्यसले शक्ति हासिल गरेपछि, त्यसले सबैलाई ग्रीस राज्यको विरुद्ध उत्तेजित गर्नेछ ।
राजाले आफ्नो इच्छाहरूअनुसार काम गर्नेछ । उसले आफैंलाई उठाउनेछ र सारा देवहरूमाथि आफूलाई महान् बनाउनेछ । देवहरूका परमेश्वरको विरुद्धमा उसले आश्चर्यलाग्दा कुराहरू भन्नेछ, किनभने क्रोधको समय पूरा नभएसम्म ऊ सफल हुनेछ । किनभने जे आदेश दिइएको छ, त्यो पूरा भएरै छोड्नेछ ।