TSK

TSK · व्यवस्था 16:13

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

गहुँको फसलको पहिलो उब्जनीसँगै साताहरूको चाड मान्‍नू, र वर्षको अन्त्यमा अन्‍न भित्र्याउने चाड मान्‍नू ।

सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले परमप्रभुको सम्‍मानमा एउटा पवित्र सभा राख्‍नुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन, र तिमीहरूले उहाँको निम्ति सात दिनसम्म चाड मनाउनुपर्छ ।

इस्राएलका सबै मानिस सातौं महिनामा भएको चाडको समयमा राजाको सामु भेला भए ।

दिन-दिनको सूचीअनुसार तिनले बलिदानहरू चढाए । मोशाको आज्ञामा भएका निर्देशनबमोजिम तिनले शबाथ दिन, औंसी र वर्षेनी तिन पल्‍ट चढाउने चाडहरूः अखमिरी रोटीको चाड, साताहरूको चाड र छाप्रो-वासको चाडमा तोकिएबमिजिम तिनले चढाए ।

सातौँ महिनाको चाडमा इस्राएलीहरू छाप्रोमा बस्‍नपर्छ भनी परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको वचन तिनीहरूले व्यवस्थामा लेखिएको भेट्टाए ।

यहूदीहरूको छाप्रो-वास चाड नजिकै आएको थियो ।