मोशाले मानिसहरूलाई भने, “आजको दिन सम्झना राख । आजकै दिन परमप्रभुको शक्तिशाली हातद्वारा तिमीहरू मिश्रको दासत्वबाट यस ठाउँमा ल्याइएका छौ । खमिर हालेको कुनै पनि रोटी खाइनेछैन ।
TSK
TSK · व्यवस्था 6:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
'यसको मतलब के हो?' भनी पछि तिमीहरूको छोरोले सोध्दा तिमीहरूले यसो भन्नू, 'परमप्रभुले शक्तिशाली हातद्वारा हामीलाई मिश्रको दासत्वबाट निकालेर ल्याउनुभयो ।
“म परमप्रभु तिमीहरूका परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याएँ ।
तिमीहरू मिश्र देशमा कमारा थियौ, र परमप्रभु तिमीहरूका परमेश्वरले शक्तिशाली हात र फैलिएको पाखुराद्वारा तिमीहरूलाई त्यहाँबाट ल्याउनुभयो भनी याद राख्नू । त्यसकारण, शबाथ-दिन मान्न परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा दिनुभएको छ ।
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सामु भन्नू, 'मेरा पुर्खा फिरन्ते अरामी थिए । तिनी मिश्रमा गई त्यहीँ बसोबास गरे, र तिनका मानिसहरू सङ्ख्यामा थोरै थिए । त्यहाँ तिनीबाट एक महान्, शक्तिशाली र असङ्ख्य जाति बन्यो ।
तब तिनीहरूले आफ्नो आसा परमेश्वरमा राखून् र उहाँका कामरू नबिर्सून्, तर उहाँका आज्ञाहरू पालन गरून् ।
¶ तिमीहरू जो धार्मिकताको पछि लाग्छौ, तिमीहरू जो परमप्रभुको खोजी गर्छौ, मेरो कुरा सुनः तिमीहरू निकालिएका चट्टानलाई र तिमीहरू काटिएका पत्थरलाई हेर ।
तर परमेश्वरलाई धन्यवाद होस्! तिमीहरू पापका नोकरहरू थियौ, तर तिमीहरूले आफूलाई दिइएको शिक्षाको ढाँचालाई आफ्नो हृदयदेखि नै पालन गर्यौ ।