ऊ फुलझैं जमिनबाट उम्रिन्छ र काटिन्छ । ऊ छायाझैं भाग्छ, र रहँदैन ।
TSK
TSK · उपदेशक 8:13
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
दुष्ट मानिसको जित क्षणिक हुन्छ, र ईश्वरहीन मानिसको आनन्द क्षणभर मात्र रहन्छ ।
परमप्रभुले धर्मी र दुष्ट दुवैको जाँच गर्नुहुन्छ, तर हिंसा गर्न मन पराउनेलाई उहाँले घृणा गर्नुहुन्छ ।
हेर्नुहोस्, तपाईंले मेरो समय मेरो हातको बित्ताभरिको मात्र बनाउनुभएको छ र मेरो जीवनकाल तपाईंको सामु केही पनि होइन । निश्चय नै, हरेक मानिस एक सास मात्र हो । सेला
मानिस एकपल्टको सासजस्तो हो । त्यसका दिनहरू बितेर जाने छायाजस्ता हो ।
दुष्टलाई धिक्कार! उसलाई खराब हुनेछ, किनकि उहाँको हातको बदला उसैमाथि पर्नेछ ।
दुष्टहरूको निम्ति कुनै शान्ति छैन— परमेश्वर भन्नुहुन्छ ।”
आजको दिनसम्म पनि तिनीहरू नम्र भएका छैनन् । मैले तिनीहरू र तिनीहरूका पुर्खाहरूका सामु राखेको मेरा व्यवस्था वा विधानहरूलाई तिनीहरूले आदर गर्दैनन्, न त तिनीहरू तीअनुसार हिंड्छन् ।'
संसारको अन्तमा यस्तै हुनेछ । स्वर्गदूतहरू आउनेछन् र धर्मीहरूका माझबाट दुष्टहरूलाई छुट्ट्याउनेछन् ।
भोलि के हुनेछ, र तिम्रो जीवन कस्तो हुनेछ भन्ने कुरा कसलाई थाहा छ? किनकि तिमीहरू त तुवाँलो हौ जुन केही समय देखा पर्छ र त्यसपछि हराइहाल्छ ।