TSK

TSK · एफिसि 1:21

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

अनि जसले परमेश्‍वरका पुत्रको विरुद्धमा कुनै वचन बोल्छ भने उसलाई क्षमा गरिनेछ । तर जो कोहीले पवित्र आत्माको विरुद्धमा बोल्छ त्यसलाई न यो संसारमा न त आउने संसारमा क्षमा गरिनेछ ।

येशू उनीहरूकहाँ आउनुभयो र उनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ ।

अरू कुनै व्यक्तिमा मुक्ति छैन किनभने हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन ।”

परिणाम स्वरूप, अब मण्डलीद्वारा स्वर्गीय स्थानहरूमा भएका शासकहरू र अधिकार गर्नेहरूले परमेश्‍वरको विवेकको बहुपक्षिय प्रवृत्तिबारे थाहा पाउनेछन् ।

यसकारण, परमेश्‍वरले उहाँलाई अति उच्‍च पार्नुभयो । परमेश्‍वरले उहाँलाई सबै नाउँभन्दा उच्‍च नाउँ दिनुभयो ।

र तिमीहरू उहाँमा पूर्ण रूपमा भरिएका छौ । उहाँ नै सबै शक्‍ति र अधिकारको शिर हुनुहुन्छ ।

उहाँ स्वर्गदूतहरूभन्दा महान् हुनुहुन्छ, किनभने जुन नाउँ उहाँले प्राप्‍त गर्नुभएको छ, त्यो तिनीहरूलाई दिइएको नाउँभन्दा उत्तम छ ।

त्यसकारण, हामीसँग महान् प्रधान पुजारी हुनुहुन्छ जो स्वर्ग भएर जानुभएको छ । उहाँ परमेश्‍वरका पुत्र येशू हुनुहुन्छ । तसर्थ, हामी हाम्रो विश्‍वासलाई दृढतासाथ थामिराखौँ ।

उहाँका आँखा आगोको ज्वालाजस्ता र उहाँका शिरमा धेरै मुकुट थिए । उहाँमाथि लेखिएको नाउँ उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन ।