गएर इस्राएलका धर्म-गुरुहरूलाई भेला गर् । तिनीहरूलाई यसो भन्नू, 'तिमीहरूका पिता-पुर्खाका परमेश्वर अर्थात् अब्राहाम, इसहाक र याकूबका परमेश्वर मकहाँ देखा परी भन्नुभयो, “मैले वास्तवमै तिमीहरूलाई अवलोकन गरेको छु र तिमीहरूलाई मिश्रमा के गरिएको छ भनी देखेको छु ।
TSK
TSK · प्रस्थान 12:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
पटुका कसेर, खुट्टामा जुत्ता लगाएर र हातमा लट्ठी बोकेर तिमीहरूले खानू । तिमीहरूले हतारसँग खानुपर्छ । यो परमप्रभुको निस्तार-चाड हो ।
मोशा ओर्लेर आई मानिसहरूका धर्म-गुरुहरूलाई बोलाउन पठाए । परमप्रभुले तिनलाई भन्नुभएका सबै वचन तिनले तिनीहरूका सामु राखे ।
परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका सत्तरी जना धर्म-गुरु मकहाँ ले । तिनीहरू सबै धर्म-गुरु र मानिसहरूका अधिकृतहरू होऊन् । तिनीहरूलाई भेट हुने पालमा तँसँगै खडा हुनलाई ले ।
तब राजाले सबै मानिसलाई यसो भनरे आज्ञा दिए, “करारको पुस्तकमा लेखिएबमोजिम परमप्रभु आफ्ना परमेश्वरको निम्ति निस्तार-चाड मनाओ ।”
तिमीहरूका दाजुभाइका पुर्खाका घरानाहरूका विभाजनहरू, मानिसहरूका वंश र लेवीहरूको पुर्खाका परिवारहरूका आफ्ना विभाजनहरूअनुसार पवित्र स्थानमा खडा होओ ।
पुजारीहरू र लेवीहरूले आफूलाई शुद्ध पारे, र आफूलगायत निर्वासनबाट फर्केकाहरू सबैका लागि निस्तारको बलि चढाए ।
अखमिरी रोटीको पहिलो दिन उनीहरूले निस्तारको थुमा चढाउने बेला उहाँका चेलाहरूले उहाँलाई भने, “हामी कहाँ गएर तयारी गरेको तपाईं चाहनुहुन्छ, ताकि तपाईंले निस्तारको खाना खान सक्नुभएको होस्?”
सबैले उस्तै आत्मिक पानी पिए । किनकि तिनीहरूले आत्मिक चट्टानबाट पिए, अनि त्यो चट्टान ख्रीष्ट हुनुहुन्थ्यो ।