प्रस्थान 12:51
TSK
ठिक त्यही दिन परमप्रभुले तिनीहरूका सशस्त्र दलहरूलाई मिश्र देशबाट बाहिर निकालेर ल्याउनुभएको थियो ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
ठिक त्यही दिन परमप्रभुले तिनीहरूका सशस्त्र दलहरूलाई मिश्र देशबाट बाहिर निकालेर ल्याउनुभएको थियो ।
तर मिश्रीहरूले आफ्ना सबै घोडा, रथ, घोडचढी र सेना लिएर तिनीहरूको पिछा गरे । तिनीहरूले इस्राएलीहरूलाई बाल-सेफोनको अगाडि पी-हहीरोतनेर पाल टाँगेर बसिरहेको भेट्टाए ।
उहाँले तिनलाई मरुभूमिमा फेला पार्नुभयो, र निर्जन-स्थान र गर्जने उजाड-स्थानमा । उहाँले तिनको रक्षा गर्नुभयो, र तिनको वास्ता गर्नुभयो । उहाँले तिनलाई आँखाको नानीझैँ सुरक्षा दिनुभयो ।
तब पृथ्वी काम्यो । परमेश्वरको उपस्थितिमा, उहाँ सियोनमा आउनुहुँदा परमेश्वरको उपस्थितिमा, इस्राएलका परमेश्वर, परमेश्वरको उपस्थितिमा, आकाशले पनि वृष्टि खन्यायो ।