प्रस्थान 20:19
TSK
तिनीहरूले मोशालाई भने, “हामीसित कुरा गर्नुहोस् र हामी तपाईंको कुरा सुन्नेछौँ । तर परमेश्वर हामीसित नबोल्नुभएको होस् नत्रता हामी मर्नेछौँ ।”
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तिनीहरूले मोशालाई भने, “हामीसित कुरा गर्नुहोस् र हामी तपाईंको कुरा सुन्नेछौँ । तर परमेश्वर हामीसित नबोल्नुभएको होस् नत्रता हामी मर्नेछौँ ।”
तिनले करारको पुस्तक लिएर मानिसहरूले सुन्ने गरी चर्को सोरमा पढे । तिनीहरूले भने, “परमप्रभुले भन्नुभएका सबै कुरा हामी पालन गर्नेछौँ । हामी आज्ञाकारी बन्नेछौँ ।”
आज तिमीहरूले घोषणा गरेका छौ, कि परमप्रभु नै तिमीहरूका परमेश्वर हुनुहुन्छ, र तिमीहरू उहाँका मार्गहरूमा हिँडी उहाँका विधिविधानहरू, आज्ञाहरू मान्ने छौ र उहाँको कुरा सुन्ने छौ ।
मानिसहरूले यहोशूलाई भने, “हामीले परमप्रभु हाम्रा परमेश्वको नै आराधना गर्ने छौँ । हामी उहाँको सोर सुन्ने छौँ ।