तैँले सन्दुकभित्र मैले तँलाई दिने करारका विधिविधानहरू राख्नू ।
TSK
TSK · प्रस्थान 38:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तैँले यसभित्र गवाहीको सन्दुक राख्नू, र यसलाई पर्दाले छेक्नू ।
तथापि, लेवीहरूले तिनीहरूका पाल करारका विधिका पवित्र वासस्थान वरिपरि टाँग्नुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो रिस नपरोस् । लेवीहरूले करारका विधिहरूको पवित्र वासस्थानको हेरचाह गर्नुपर्छ ।
तिनीहरूले बोक्नुपर्ने सामानहरूको नाउँसहित सूची बना । मरारीका सन्तानहरूले पुजारी हारूनका छोरा ईतामारको निर्देशनमा भेट हुने पालको निम्ति तिनीहरूले गर्नुपर्ने काम यही हो ।”
दोस्रो महिनाको बिसौँ दिनमा करारका आदेशहरूका पवित्र वासस्थानबाट हट्यो ।
लेवी कुलका अर्थात् तेरा पुर्खाका वंशका तेरा सङ्गी सदस्यहरूको सवालमा, तिनीहरूलाई तँसँगै ले अनि तँ र तेरा छोराहरूले गवाही-पाटीको पालको सम्मुख सेवा गर्दा तिनीहरू सहभागी होऊन् र तिमीहरूलाई सहायता गरून् ।
अम्रामका छोराछोरी हारून, मोशा र मिरियम थिए । हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए ।
मैले तिनीहरूका हातमा बाइस हजार किलो चाँदी, चौतिस सय किलो चाँदीका वस्तुहरू, चौतिस सय किलोग्राम सुन,
तपाईं सर्वशक्तिमान्कहाँ फर्कनुहुन्छ भने, अधार्मिकतालाई तपाईंले आफ्ना पालहरूबाट धेरै टाढा राख्नुहुन्छ भने, तपाईंको निर्माण हुनेछ ।
¶ हे परमप्रभु, तपाईंको पवित्रस्थानमा को बस्न सक्छ? तपाईंको पवित्र पर्वतमा को वास गर्न सक्छ?
उजाड-स्थानमा हाम्रा पुर्खाहरूको गवाहीको पवित्र वासस्थान थियो जुन परमेश्वरले मोशालाई आज्ञा गर्नुभएमुताबिक उहाँले देखाउनुभएको नमुनाबमोजिम बनाइएको थियो ।
मानिसले बनाएको होइन, तर परमेश्वरले बनाउनुभएको साँचो पवित्र बासस्थानमा उहाँ एक सेवक हुनुहुन्छ ।
ख्रीष्ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीको रूपमा आउनुभयो । उहाँ अझ बढी महान् र सिद्ध पवित्रस्थानमा प्रवेश गर्नुभयो, जुन मानवीय हातद्वारा बनाइएको होइन, जुन यस सृजित संसारको होइन । (नोटः अन्य संस्करणहरूमा लेखिएको छ) ख्रीष्ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीजस्तै भएर आउनुभयो ।
तब स्वर्गमा परमेश्वरको मन्दिर खोलियो र मन्दिरभित्रै उहाँको करारको सन्दुक देखियो । त्यहाँ ज्योतिका चमकहरू, गर्जनहरू, चट्याङको आवाजसाथै भूकम्प गयो, र ठुला-ठुला असिना परेका थिए ।