TSK

TSK · प्रस्थान 8:19

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

सेप्रा बालाहरूले ती सातवटा भरिला र असल बालालाई खाइदिए । मैले जादुगरहरूलाई यी सपनाहरू बताएँ, तर मलाई तिनको अर्थ खोलिदिने कोही भएन ।”

परमप्रभुले इस्राएलका गाईवस्तु र मिश्रका गाईवस्तु छुट्‌ट्याउनेहुनेछ र इस्राएलीहरूको कुनै पनि गाईवस्तु मर्नेछैन ।

फारोका अधिकारीहरूले तिनलाई भने, “कहिलेसम्म यो मानिसले हामीलाई धम्की दिने? तिनीहरूका परमप्रभु परमेश्‍वरलाई आराधना गर्न इस्राएलीहरूलाई जान दिनुहोस् । मिश्र नष्‍ट भएको के हजुरले देख्‍नुभएको छैन र?”

तर इस्राएलका मानिस र पशुको विरुद्धमा भने एउटा कुकुर पनि भुक्‍नेछैन । यसरी मैले मिश्रीहरू र इस्राएलीहरूलाई फरक तरिकाले व्यवहार गर्दै छु भनी तैँले जान्‍नेछस् ।

त्यसपछि हेर्नुहोस्, त्‍यो बेथ-शेमेशतिर आफ्नै देशको बाटो जान्छ भने, यत्रो ठुलो विपत्ति परमप्रभुले नै ल्याउनुभएको रहेछ । तर होइन भने, हामीले जान्‍नेछौं कि हामीलाई प्रहार गर्ने उहाँको हात होइन । बरु, संयोगले त्‍यसो भएको रहेछ भनी हामी जान्‍नेछौं ।

ती बुद्धिमान् मानिसहरूले राजालाई जवाफ दिए, “महाराजाको माग पुरा गर्नलाई यस पृथ्वीमा कुनै मानिस छैन । कुनै यस्‍तो महान् र शक्तिशाली राजा पनि छैन जसले कुनै जादुगर, वा मृतसँग बोल्न सक्छु भनेर दावी गर्ने कुनै व्‍यक्‍ति, वा कुनै बुद्धिमान् मानिसबाट यस्तो कुराको माग गरेका छन् ।

तर यदि म परमेश्‍वरको आत्माद्वारा भूतात्माहरू निकाल्छु भने, परमेश्‍वरको राज्य तिमीहरूमा आएको छ ।

त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले परिषद्‌का सदस्यहरूलाई भेला पारे, र भने, “हामीले के गर्ने? यस मानिसले धेरै चिह्न‍हरू गर्छन् ।