TSK

TSK · उत्पत्ति 12:2

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

म तेरा सन्तानहरूलाई पृथ्वीका धुलो जत्तिकै प्रशस्‍त बनाउनेछु, यसैले कसैले पृथ्वीको धूलोलाई गन्‍न सक्छ भने मात्र तेरा सन्तानहरूलाई गन्‍न सक्‍नेछ ।

अनि उहाँले तिनलाई बाहिर ल्याउनुभयो र भन्‍नुभयो, “आकाशतिर हेर् र ताराहरूलाई गन्, यदि तैले तिनीहरूलाई गन्‍न सक्‍छस् भने ।” अनि उहाँले तिनलाई भन्‍नुभयो, “तेरा सन्तानहरू पनि यस्तै हुनेछन् ।”

इश्माएको विषयमा मैले तेरो बिन्ति सुनेँ । हेर्, म त्यसलाई आशिष् दिनेछु, र त्यसलाई फल्दो‍-फुल्दो बनाएर प्रशस्त गरी त्यसको वृद्धि गर्नेछु । त्यो बाह्र जातिका अगुवाहरूका पिता हुनेछ, र त्यसलाई म ठुलो जाति बनाउनेछु ।

परमेश्‍वरले समतल भूमिका सहरहरूलाई नष्‍ट गर्नुभएपछि, उहाँले अब्राहामलाई सम्झनुभयो । उहाँले लोतले बसोबास गरेका सहरहरूलाई नष्‍ट गर्नुहुँदा, लोतलाई त्यस विनाशको माझबाट बाहिर निकाल्‍नुभयो ।

तेरा सन्‍तानद्वारा पृथ्‍वीका सबै जातिहरू आशिषित्् हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्‌ ।”

परमप्रभुले मेरा मालिकलाई धेरै आशिष्‌ दिनुभएको छ र तिनी एक ठुला मानिस भएका छन्‌ । उहाँले तिनलाई बगालहरू र बथानहरू, सुनचाँदी, दास-दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ ।

मानिसहरूले तेरो सेवा गरून्‌ र जाति-जातिहरूले तँलाई दण्‍डवत्‌ गरून्‌ । तेरा दाजुभाइहरूको मालिक बन्, र तेरी आमाका छोराहरूले तँलाई दण्‍डवत्‌ गरून्‌ । तँलाई सराप्‍नेहरू सबै श्रापित होऊन्, र तँलाई आशिष्‌ दिनेहरू सबैले आशिष्‌ पाऊन्‌ ।”

उहाँले तँलाई र तँ पछिका तेरा सन्‍तानहरूलाई अब्राहामले पाएको आशिष्‌ देऊन्, ताकि परमेश्‍वरले अब्राहामलाई दिनुभएको तँ बसेको देशमा तेरै अधिकार होस्‌ ।”

परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान् परमेश्‍वर हुँ । फल्दै-फुल्दै वृद्धि हुँदै जा । तँबाट एउटा जाति र जाति-जातिहरूको समूह उदय हुनेछ, अनि तेरा सन्तानहरूका बिचमा राजाहरू हुनेछन् ।

इस्राएलीहरू फल्दै-फुल्दै र सङ्ख्यामा अत्यधिक बढ्दै गए, अनि तिनीहरू शक्तिशाली भए र तिनीहरूद्वारा देश भरियो ।

म तिनीहरूलाई विपत्तिले प्रहार गर्नेछु र विनाश गर्नेछु अनि तेरो आफ्नै कुलबाट एउटा जाति बनाउनेछु जुन तिनीहरूभन्दा महान् र शक्‍तिशाली हुनेछ ।”

तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु भन्‍नू, 'मेरा पुर्खा फिरन्ते अरामी थिए । तिनी मिश्रमा गई त्यहीँ बसोबास गरे, र तिनका मानिसहरू सङ्ख्यामा थोरै थिए । त्यहाँ तिनीबाट एक महान्, शक्तिशाली र असङ्ख्य जाति बन्यो ।

यसबाहेक, राजाका सेवकहरू हाम्रा मालिक राजा दाऊदलाई यसो भन्दै आशिष् दिन आए, 'हजुरका परमेश्वरले सोलोमनको नाउँ हजुरको भन्दा उत्तम बनाऊन् र हजुरको भन्दा तिनको सिंहासन महान् बनाऊन् ।' त्यसपछि राजाले पलङ्गमा नै दण्डवत् गरे ।

जसरी तपाईं मानिस हुनुहुन्‍छ, तपाईंको दुष्‍ट कामले मानिसलाई नै चोट पुर्‍याउन सक्छ, र तपाईंको धार्मिकताले अर्को मानिसको छोरोलाई लाभ हुन सक्छ ।

प्राचीन दिनहरूमा तपाईंले हाम्रा पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएझैँ तपाईंले याकूबलाई सत्यता र अब्राहामलाई करारको विश्‍वसनीयता दिनुहुनेछ ।

अब्राहामले खतनाको चिन्ह पाए । यो विश्‍वासको धार्मिकताको छाप थियो, जुन उनी बेखतनाको हुँदा नै पाइसकेका थिए । यो चिन्हको परिणामचाहिँ तिनीहरू बेखतनामै भए तापनि उनी विश्‍वास गर्ने सबैका पिता भए । यसको मतलब यो हो, कि त्यो धार्मिकता तिनीहरूको निम्ति धार्मिकता गनिनेछ ।

यसको उद्देश्य यही थियो, कि अब्राहाममा भएको आशिष् ख्रीष्‍ट येशूद्वारा गैरयहूदीहरूमाझ आउन सकोस्, ताकि हामीले विश्‍वासद्वारा पवित्र आत्माको प्रतिज्ञा प्राप्‍त गर्न सकौँ ।