TSK

TSK · उत्पत्ति 21:30

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तिनले आफ्‍ना पिताका पालोमा तिनीहरूले खनेका इनारहरू फेरि खने । अब्राहामको मृत्‍युपछि पलिश्‍तीहरूले ती रोकिदिएका थिए । अनि तिनले ती इनारहरूलाई आफ्‍ना पिताले राखेकै नाउँ राखिदिए ।

तिम्रो हानि गर्नलाई म यो पार गरेर तिमीकहाँ आउनेछैनँ र मेरो हानि गर्नलाई तिमी यो पार गरेर मकहाँ आउनेछैनौ भन्‍नाका लागि यो थुप्रो र यो खामो गवाहीको रूपमा खडा छन् ।

यहोशूले सबै मानिसलाई भने, “हेर, यो ढुङ्गा तिमीहरूको विरुद्धमा गवाही हुने छ । परमप्रभुले हामीलाई भन्‍नुभएका सबै कुरा यसले सुनेको छ । त्यसैले तिमीहरूले तिमीहरूका परमेश्‍वरलाई त्याग्‍यौ भने, यो तिमीहरूका विरुद्ध गवाही हुने छ ।