उत्पत्ति 10:14
TSK
पत्रुसी, कस्लूही (जसबाट पलिश्तीहरू आए) र कप्तोरीहरूका पुर्खा बने ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
पत्रुसी, कस्लूही (जसबाट पलिश्तीहरू आए) र कप्तोरीहरूका पुर्खा बने ।
यसैकारण अब्राहामले भेडाहरू र गाई-गोरुहरू अबीमेलेकलाई दिए, र तिनीहरूले प्रतिज्ञा गरे ।
तिनका धेरै भेडाबाख्रा, गाईवस्तु र ठुलो परिवार भयो । यसैकारण पलिश्तीहरूले तिनको डाह गरे ।
फारोले मानिसहरूलाई जान दिएपछि परमेश्वरले तिनीहरूलाई पलिश्तीको देशको बाटो नजिकै भए तापनि त्यहाँबाट भएर अगुवाइ गर्नुभएन । किनकि उहाँले भन्नुभयो, “तिनीहरूले लडाइँ देखेर तिनीहरूको मन बद्ली तिनीहरू मिश्रमा नै फर्केर जान सक्छन् ।”
तब जोनाथन र दाऊदले मित्रताको करार बाँधे, किनभने जोनाथनले तिनलाई आफ्नै प्राणलाई झैं प्रेम गरे ।