TSK

TSK · उत्पत्ति 29:16

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

लेआका आँखा धमिला थिए, तर राहेलचाहिँ शारीरिक रूपमा सुडौल र हेर्नमा सुन्‍दरी थिइन्‌ ।

लेआ फेरि गर्भवती भइन् र उनले याकूबको निम्ति छैटौँ छोरो जन्माइन् ।

तब तिनले कमारीहरू र तिनीहरूका छोराछोरीहरूलाई अग्रपङ्क्तिमा राखे; त्यसपछि लेआ र उनका छोराछोरीहरू अनि अन्त्यमा राहेल र योसेफलाई राखे ।

यिनीहरूचाहिँ याकूबबाट लेआले पद्दन-आराममा जन्‍माएका छोराहरू, तिनकी छोरी दीनासमेत हुन्‌ । लेआबाट याकूबका छोराछोरी जम्‍मा तेत्तिस जना थिए ।

प्रवेशद्धारमा भएका सबै मानिसहरू र धर्मगुरुहरूले भने, “हामी साक्षीहरू छौँ । परमप्रभुले तपाईंको घरमा आउने महिलालाई इस्राएलको घराना निर्माण गर्ने दुई जना राहेल र लेआजस्तै तुल्याउनुभएको होस्; र तपाईं एप्रातामा फलिफाप हुनुहोस् र बेथलेहेममा प्रसिद्ध हुनुहोस् ।