TSK

TSK · उत्पत्ति 32:9

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

परमप्रभुले त्‍यसमाथि उभिएर याकूबलाई भन्‍नुभयो, “म परमप्रभु, तेरा पिता अब्राहामका परमेश्‍वर र इसहाकका परमेश्‍वर हुँ । जुन भूमिमा तँ ढल्‍किरहेको छस्‌ त्‍यो म तँलाई र तेरा सन्‍तानहरूलाई दिनेछु ।

म बेथेलको परमेश्‍वर हुँ जहाँ तैँले खामोलाई अभिषेक गरिस् र मसित भाकल गरिस् । अब उठ् र यस देश छाडेर तेरो जन्मभूमिमा फर्कि' ।”

मेरा पिताका परमेश्‍वर जो अब्राहामका परमेश्‍वर र इसहाकका भय हुनुहुन्छ, उहाँ मसित नहुनुभएको भए निश्‍चय नै तपाईंले मलाई रित्तै हात पठाउनुहुने थियो । परमेश्‍वरले ममाथिको थिचोमिचो र मैले गरेको कडा परिश्रम देख्‍नुभएको छ । त्यसैले उहाँले गत रात तपाईंलाई हप्काउनुभयो ।”

उहाँले थप्‍नुभयो, “म तेरा पिता अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर हुँ ।” त्यसपछि मोशाले आफ्नो अनुहार ढाके किनकि तिनी परमेश्‍वरलाई हेर्न डराएका थिए ।

तिनले भने, “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्‍वर, के तपाईं स्‍वर्गका परमेश्‍वर हुनुहुन्‍न र? के तपाईं जातिहरूका सबै राज्‍यका शासक हुनुहुन्‍न र? शक्ति र बल तपाईंका हातमा छन्‌ । यसैले कसैले पनि तपाईंको विरोध गर्न सक्दैन ।

यस विषयको कारणले हिजकिया राजा र आमोजका छोरा यशैया अगमवक्ताले प्रार्थना गरे र तिनले स्वर्गतिर पुकारा गरे ।

कष्‍टको समय मलाई पुकारा गर । म तिमीहरूलाई बचाउनेछु र तिमीहरूले मेरो महिमा गर्नेछौ ।”

कुनै कुरामा चिन्तित नहोओ । बरु, हरेक कुरामा प्रार्थना र नम्र निवेदनद्वारा, र धन्यवादसाथ तिमीहरूका निवेदन परमेश्‍वरमा जाहेर होऊन् ।