TSK

TSK · उत्पत्ति 34:3

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

यसकारण नडराउनुहोस्, तपाईंहरू र तपाईंहरूका बालबच्‍चालाई चाहिने कुराको बन्दोबस्त म गर्नेछु ।” यसरी तिनले उनीहरूलाई ढाडस दिए र तिनीहरूसँग विनम्रतासँग बोले ।

त्यसपछि तिनका बुहारीहरू ठुलो स्वरमा रोए । ओर्पाले तिनकी सासूलाई बिदाइको चुम्बन गरिन्, तर रूथ तिनीसँगै टाँसिरहिन् ।

यसकारण अब उठ्नुहोस् र बाहिर जानुहोस् र आफ्नो सिपाहीहरूसँग दयापूर्वक कुरा गर्नुहोस्, किनकि म परमप्रभुको नाउँमा शपथ खान्छु, तपाईं जानुभएन भने, आज राती तपाईंसँग एक जना पुरुष पनि रहने छैन । त्यो तपाईंको जवान अवस्थादेखि अहिलेसम्म घटेका सबै भन्दा खराब कुरा हुने छ ।”

यरूशलेमसँग कोमलत भएर बोल । अनि त्यसलाई घोषणा गर, त्यसका युद्ध समाप्‍त भएको छ, त्यसका अधर्म क्षमा गरिएको छ, आफ्‍ना सबै पापहरूका निम्‍ति त्यसले परमप्रभुबाट दोब्बर पाएको छ ।”

“यो परमप्रभुको घोषणा हो, त्यो दिन यस्‍तो हुनेछ, तैंले मलाई ‘मेरो पति’ भन्‍नेछस्, अनि फेरि मलाई ‘मेरो बाल’ भन्‍नेछैनस् ।