त्यस समय अबीमेलेक र तिनका सेनापति पीकोलले अब्राहामलाई यसो भने, “तिमीले गर्ने सबै कुरामा परमप्रभु तिमीसँगै हुनुहुन्छ ।
TSK
TSK · उत्पत्ति 39:2
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
हुनुहुन्छ?” त्यसपछि तिनीहरूले भने, “हामीले प्रस्टै देख्यौँ कि परमप्रभु तपाईंसँग हुनुहुन्छ । यसैले हाम्रा बिचमा, अर्थात् तपाईं र हाम्रा बिचमा एउटा सम्झौता होस् भन्ने हामीले निर्णय गर्यौँ,
तर परमप्रभु योसेफसँग हुनुहुन्थ्यो र आफ्ना करारप्रति उहाँ भरोसायोग्य रहनुभयो । झ्यालखानाका हाकिमको नजरमा उहाँले उनलाई कृपादृष्टि दिनुभयो ।
के मैले तँलाई आज्ञा गरेको होइनँ र? बलियो र साहसी हो । नडरा । निराश नहो । तँ जहाँ गए पनि परमप्रभु परमेश्वर तँसँग हुनुहुन्छ ।
जवानहरूमध्ये एक जनाले जवाफ दिए, “मैले बेथलेहमका यिशैका छोरा बजाउनमा निपुण, बलियो, साहसी, लडाकु, बोलीवचनमा चतुर, सुन्दर मानिस देखेको छु । अनि परमप्रभु तिनीसँग हुनुहुन्छ ।”
परमप्रभु दाऊदसँग हुनुभएको र शाऊलकी छोरी मीकलले तिनलाई प्रेम गरेको जब शाऊलले देखे र थाहा पाए,
पहिले एलाजारका छोरा पीनहास तिनीहरूका निरीक्षक थिए, र परमप्रभु तिनीसँग हुनुहुन्थ्यो ।
त्यो खोलाको किनारमा रोपेको रूखजस्तै हुनेछ जसले आफ्नो ऋतुमा त्यसको फल दिन्छ जसको पातहरू कहिल्यै ओइलाउँदैन त्यसले जे गरे पनि सफल हुनेछ ।
सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ । याकूबका परमेश्वर हाम्रो शरण हुनुहुन्छ । सेला
मानिसहरू टुक्रा-टुक्रा हुनेछन् । सुन, ए टाढाका देशहरूः युद्धको निम्ति आफूलाई हतियारले तयार गर र चकनाचूर होओ । आफूलाई हतियारले तयार गर र चकनाचूर होओ ।
तँ पानीबाट भएर जाँदा, म तँसँग हुनेछु । अनि नदीहरूबाट भएर जाँदा तिनीहरूले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट भएर हिंड्दा तँ जल्नेछैनस् र ज्वालाहरूले तँलाई भस्म पार्नेछैनन् ।
“हेर, कन्या गर्भवती हुनेछिन् र एक जना पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्नेछन्”, जसको अर्थ हुन्छ, “परमेश्वर हामीसँग ।”
इथियोपियालीले भने, “कसैले मलाई नबुझाएसम्म म कसरी बुझ्न सक्छु र?” तिनले फिलिपलाई तिनीसँगै रथमा बस्न अनुरोध गरे ।
¶ दासत्वको जुवामूनि भएका सबैले आफ्ना मालिकहरूलाई पुरा सम्मानको योग्य सम्झून् । तिमीहरूले त्यसो गर्नुपर्छ ताकिे परमेश्वरको नाउँ र शिक्षा निन्दित नहोस् ।