TSK

TSK · उत्पत्ति 4:5

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

याकूबले लाबानको व्यवहार देखे । याकूबप्रति लाबानको मनसाय परिवर्तन भइसकेको याकूबले देखे ।

आफ्नो नोकरले आफ्नी पत्‍नीलाई गरेको व्यवहार आफ्नी पत्‍नीबाट सुनेपछि तिनी रिसले चुर भए ।

किनकि मूर्ख मानिसलाई रिसले मार्छ। सजिलै छलमा पर्नेलाई ईर्ष्याले मार्छ ।

उहाँले तपाईंका सबै बलिहरू सम्झना गरून् र तपाईंका बलिदान स्वीकार गरून् । सेला

तब हरेक परिश्रम र हरेक सिपालु काम आफ्नो छिमेकीको ईर्ष्याबाट आउँदोरहेछ भनी मैले देखेँ । यो पनि बाफ नै हो र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।

के मैले मेरो आफ्नो सम्‍पत्तिलाई मैले चाहना गरेजस्तो गर्नु न्यायसङ्गत होइन र? वा म असल भएको कारणले तिम्रा आँखा दुष्‍ट भएको हो?’

जब यहूदीहरूले भिडलाई देखे, तिनीहरू डाहले भरिए, र पावलले भनेका कुराहरूको बिरुद्धमा बोल्न थाले र उनको अपमान गरे।