नोआले परमप्रभुको निम्ति एउटा वेदी बनाए । तिनले शुद्ध पशुहरू र शुद्ध पक्षीहरूमध्ये केहीलाई लिई वेदीमा होमबलि चढाए ।
TSK
TSK · उत्पत्ति 46:1
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
अब्राहाम सबेरै उठे, अनि रोटी र पानीको एउटा मशक लिएर हागारको काँधमा राखिदिए । उनले बालकलाई तिनकै साथमा दिएर पठाए । तिनी त्यहाँबाट गइन् र बेर्शेबाको उजाड-स्थानमा भौँतारिन् ।
अब्राहामले बेर्शेबामा एउटा झ्याउको बोट रोपे । त्यसपछि उनले अनन्तका परमेश्वरको आराधना गरे ।
तिनी त्यो ठाउँ छोडेर गए अनि तिनले अर्को इनार खने, तर तिनीहरूले त्यसमा चाहिँ झगडा गरेनन् । यसकारण तिनले त्यसको नाउँ रहोबोत राखेर यसो भने, “अब परमप्रभुले हामी निम्ति बस्ने ठाउँ दिनुभएको छ, र हामी यस ठाउँमा फल्दो-फुल्दो हुनेछौँ ।”
परमप्रभुले त्यसमाथि उभिएर याकूबलाई भन्नुभयो, “म परमप्रभु, तेरा पिता अब्राहामका परमेश्वर र इसहाकका परमेश्वर हुँ । जुन भूमिमा तँ ढल्किरहेको छस् त्यो म तँलाई र तेरा सन्तानहरूलाई दिनेछु ।
अब्राहामका परमेश्वर, नाहोरका परमेश्वर र तिनीहरूका पिताका परमेश्वरले हाम्रो बिचमा न्याय गरून् । याकूबले आफ्ना पिता इसहाकको भयलाई साक्षी मानी शपथ खाए ।
अनि हामी यहाँबाट प्रस्थान गरी माथि बेथेलमा जाऔँ । त्यहाँ म परमेश्वरको लागि एउटा वेदी बनाउनेछु जसले मेरो दुःखमा मलाई जवाफ दिनुभयो र म जहाँ गए पनि उहाँ मसित हुनुभएको छ ।”
त्यसपछि मैले इसहाकलाई याकूब र एसाव दिएँ । मैले पहाडी देश एसावको अधीनमा दिएँ, तर याकूब र तिनका सन्तानहरू मिश्र देशतिर तल गए ।
तिनको जेठा छोराको नाउँ योएल थियो र महिलोको नाउँ अबिया थियो । तिनीहरू बेर्शेबामा न्यायकर्ताहरू थिए ।
त्यसकारण अब आफ्नो निम्ति सातवटा साँढे र सातवटा भेडा लेओ, मेरो दास अय्यूबकहाँ जाओ, र आफ्नो लागि होमबलि चढाओ । मेरो दास अय्यूबले तिमीहरूका लागि प्रार्थना चढाउनेछ, र म त्यसको प्रार्थना ग्रहण गर्नेछु, जसको कारणले तिमीहरूको मूर्खताअनुरूपको व्यवहार मैले तिमीहरूसित गर्न नपरोस् । मेरो दास अय्यूबले भनेझैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ ।”