TSK

TSK · उत्पत्ति 46:4

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तिनीहरूले सेवा गरेको देशको मैले न्यान गर्नेछु र त्यसपछि तिनीहरू प्रशस्‍त धन-सम्पत्तिहरूसहित निस्केर आउनेछन् ।

इस्राएलले योसेफलाई भने, “हेर्, म मर्न लागेको छु, तर परमेश्‍वर तिमीहरूका साथमा हुनुहुनेछ, र तिमीहरूलाई फेरि तिमीहरूका पिता-पुर्खाहरूको देशमा फर्काएर लैजानुहुनेछ ।

मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयो: ‘म मर्न लागेको छु । कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्‌नू । तैँले मलाई त्यहीँ गाड्नेछस् ।’ यसकारण गएर मेरा बुबालाई त्‍यहीँ गाड्न दिनुहोस्, र त्यसपछि म फर्केर आउनेछु।”

तब योसेफले आफ्‍ना दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो, तर परमेश्‍वर अवश्यनै तिमीहरूकहाँ आउनुहुनेछ, र उहाँले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा यस देशबाट तिमीहरूलाई निकालेर लैजानुहुनेछ ।”

¶ तर अब ए याकूब तँलाई सृष्‍ट गर्नुहुने, अनि ए इस्राएल, तँलाई बनाउनुहुने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः “नडरा, किनकि मैले तँलाई उद्धार गरेको छु । तेरो नाउँ काढेर मैले तँलाई बोलाएको छु, तँ मेरै होस् ।