इस्राएल त्यस देशमा बसिरहँदा रूबेन आफ्ना पिताकी भित्रिनी बिल्हासित सुते, र इस्राएलले यस विषयमा सुने । याकूबका बार्ह जना छोरा थिए ।
TSK
TSK · उत्पत्ति 49:3
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
मिश्रमा जाने इस्राएलका छोराहरू, अर्थात् याकूब र तिनका सन्तानहरूका नाउँ यी नै थिएः याकूबका जेठा छोरा रूबेन ।
इस्राएलका जेठा छोरो रूबेनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूका अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
बरु, त्यसले घृणा गरिएकी पत्नीको छोरोलाई नै आफ्ना सबै सम्पत्तिको दोब्बर भाग दिएर जेठो हो भनी मान्यता देओस् । किनकि त्यो छोरो नै त्यसको शक्तिको सुरु हो । जेठोको हक त्यसको नै हो ।
रूबेन बाँचून्, र नमरून, तर तिनका मानिसहरू थोरै होऊन् ।
¶ इस्राएलका जेठा छोरा रूबेनका छोराहरू— रूबेन जेठा छोरा थिए, तर तिनको ज्येष्ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो, किनभने तिनले आफ्ना पिताको ओच्छ्यान अपवित्र पारेका थिए । त्यसैले जेठा छोराको रूपमा तिनको विवरण रहेन ।
मिश्रदेशका सबै जेठाहरूलाई, हामका पालहरूमा भएका तिनीहरूका जेठाहरूलाई उहाँले मार्नुभयो ।
एफ्राइमको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, रूबेनले एक भाग पाउनेछ ।