उत्पत्ति 7:5
TSK
परमप्रभुले आज्ञा गर्नुभएझैँ नोआले सबै गरे ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
परमप्रभुले आज्ञा गर्नुभएझैँ नोआले सबै गरे ।
अनन्त परमेश्वर शरणस्थान हुनुहुन्छ, र मुनितिरचाहिँ अनन्त पाखुरा छन् । उहाँले तिमीहरूका सामुन्नेबाट शत्रुलाई धपाउनुहुने छ, र उहाँले भन्नुभयो, “नाश पार्!”
हेर्नुहोस्, उहाँले तोड्नुहुन्छ, त्यसलाई फेरि निर्माण गर्न सकिँदैन । उहाँले कसैलाई कैद गर्नुहुन्छ भने, त्यहाँ छुटकारा हुँदैन ।
¶ जो सर्वोच्चको छत्रछायामा बस्छ, त्यो सर्वशक्तिमान्को छायामा रहनेछ ।
जब तिनीहरू तेल किन्न बाहिर गए, दुलहा आइपुगे अनि जति जना तयार थिए तिनीहरू विवाहको भोजमा उनीसँगै गए, अनि ढोका बन्द गरियो ।
मेरा भेडाहरूले मेरो सोर सुन्छन्, म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन् ।