TSK

TSK · उत्पत्ति 7:4

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

परमप्रभुले भन्‍नुभयो, “मेरो आत्मा मानव-जातिमा सदासर्वदा रहनेछैन, किनभने तिनीहरू शरीर हुन् । तिनीहरू १२० वर्ष बाँच्‍नेछन् ।”

परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “यो सबै प्राणीको अन्त गर्ने समय आएको म देख्‍न सक्छु, किनभने पृथ्वी तिनीहरूको हिंसाले भरिएको छ । वास्तवमा, मैले तिनीहरूलाई पृथ्वीसँगै नष्‍ट पार्नेछु ।

सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो ।

त्यसपछि परमप्रभुले ढोका बन्द गरिदिनुभयो । अनि पृथ्वीमा चालिस दिनसम्म जलप्रलय भयो र पानीले जहाजलाई जमिनबाट माथि उचाल्यो ।

अरू सात दिन पर्खेर तिनले फेरि जहाजबाट त्यस ढुकुरलाई पठाइदिए ।

यो छोरीसँग एक साता पुरा गर, र अर्को सात वर्ष मेरो सेवाको सट्टामा म तिमीलाई अर्की पनि दिनेछु ।”

तिनीहरूको समय हुनुअगि नै तिनीहरूको जीवन लिइयो, तिनीहरूका जगहरू नदीले झैं बगाएर लगेको छ,

किनकि उहाँले पानीको थोपालाई माथि तान्‍नुहुन्छ, आफ्‍नो बाफलाई चिसो पारेर झरी पार्नुहुन्छ,

तिनीहरूलाई जीवनको पुस्तकबाट हटाइयोस् र धर्मीहरूसँगै नलेखियोस् ।

जसले जित्छ, उसलाई सेतो वस्‍त्र पहिराइनेछ, र जीवनको पुस्तकबाट म उसको नाउँ कहिल्यै मेटाउनेछैन, अनि म मेरा पिता र उहाँका स्वर्गदूतहरूका सामु उसको नाउँ घोषणा गर्नेछु ।