TSK

TSK · होशे 8:9

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तब अश्शूरका राजा पूल इस्राएलको विरुद्धमा आए, र इस्राएल राज्यलाई आफ्‍नो हात सुदृढ पार्नलाई पुलले आफूलाई सहयोग गरोस् भनेर मनहेमले पूललाई एक हजार तोडा चाँदी दिए ।

तिनीहरू तल मिश्रदेशमा जान निस्कन्छन्, तर मेरो निर्देशन खोजेका छैनन् । तिनीहरूले फारोबाट सुरक्षा खोज्छन् र मिश्रदेशको छायामा शरण लिन्छन् ।

तँ उजाड-स्थानमा बस्‍न आदत भएको कामातुर भएर हावा सुँघ्‍दै हिंड्ने वन-गधैनी हो। त्यसको कामवासनालाई कसले नियन्त्रण गर्न सक्छ? त्यसको पछि लाग्‍ने कुनै पनि गधा थकित हुनुपर्दैन । मैथुनको समयमा तिनीहरूले त्यसलाई फेला पार्नेछन् ।

तर मेरै भएको बेलामा पनि ओहोलाले वेश्‍यावृत्ति गरी । आफ्‍ना प्रेमी, प्रभावशाली अश्‍शूरीहरूसित त्‍यो मोहित भई,

तब त्यसका प्रेमीहरूकै सामु म त्यसलाई नाङ्गो बनाउनेछु, र मेरो हातबाट त्यसलाई कसैले बचाउनेछैन ।

एफ्राइमचाहिं सजिलै छकाउन सकिने र विवेकहीन ढुकुरजस्‍तो छ, मिश्रदेशलाई पुकारा गर्दैछ, त्‍यसपछि अश्‍शूरतिर उड्दैछ ।

यहूदाको विरुद्ध परमप्रभुसँग एउटा मुद्धा छ र याकूबले जे गरेको छ, त्यसको लागि दण्ड दिनुहुनेछ । त्यसका कामहरूका निम्‍ति उहाँले त्यसलाई बदला दिनुहुनेछ ।