त्यस दिन शिकारको विरुद्धमा तिनीहरू समुद्र गर्जेझैं गर्जनेछन् । कसैले देशलाई हेर्छ भने, उसले अन्धकार र कष्ट देख्नेछ । प्रकाशलाई पनि बादलले अँध्यारो पार्नेछ ।
TSK
TSK · यशैया 13:10
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तब चन्द्रमा लज्जित हुनेछ र सूर्य अपमानमा पर्नेछ, किनकि सर्वशक्तिमान् परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा अनि महिमामा आफ्ना धर्मगुरुहरूका सामु राज्य गर्नुहुनेछ ।
त्यसपछि जब तँलाई म नष्ट गर्नेछु, तब म आकाश ढाक्नेछु र त्यसका ताराहरूलाई अँध्यारो पार्नेछु । म सूर्यलाई बादलले ढाक्नेछु, र चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन ।
तिनीहरूको अगि पृथ्वी काम्छ, आकाश थरथर हुन्छ, सूर्य र चन्द्रमा अँध्यारो हुन्छन्, अनि ताराहरू चम्कन छोड्छन् ।
सुर्य र चन्द्रमा अन्धकार हुन्छन्, र ताराहरूले आफ्नो चमक लुकाउँछन् ।
त्यो दिन क्रोधको दिन, संकट र पीडाको दिन, आँधी र विनाशको दिन, अन्धकार र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन हुनेछ ।
तर ती दिनको महासङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ; चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन;
जब थुमाले छैटौँ छापलाई खोल्नुभयो, तब त्यहाँ एउटा ठुलो भूकम्प गएको मैले देखेँ । सूर्य भाङग्राको कपडाजस्तै कालो र चन्द्रमा पुरा रगतजस्तै बन्यो ।