TSK

TSK · यशैया 13:11

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

धर्मात्माले आफ्नो प्रतिफल पाउँछ भने दुष्‍ट र पापीले झन् कति बढी पाउलान्!

किनकि घमण्ड गर्ने र उच्‍च पारिएका हरेकको विरुद्धमा, र हरेक अहङ्कारीको विरुद्धमा परमप्रभुको दिन आउनेछ— र त्यसलाई तल झारिनेछ—

दुष्‍टलाई धिक्‍कार! उसलाई खराब हुनेछ, किनकि उहाँको हातको बदला उसैमाथि पर्नेछ ।

बरु, उहाँले गरीबहरूका न्याय धार्मिकताले गर्नुहुन्छ र पृथ्वीका नम्रहरूका निम्ति उचित रूपमा निर्णय गर्नुहुन्छ । आफ्नो मुखको लट्ठीले उहाँले पृथ्वीलाई प्रहार गर्नुहुन्छ र आफ्‍नो मुखको सासले उहाँले दुष्‍टको नाश गर्नुहुन्छ ।

त्यसका सन्‍तानलाई, तिनीहरूका पुर्खाहरूका अपराधको निम्ति मार्ने ठाउँ तयार पार्, यसरी तिनीहरू उठ्नेछैनन् र पृथ्वी अधीन गर्नेछैनन् र सारा संसारलाई सहरहरूले भर्नेछैनन् ।

र सुख्‍खा जमिनको ताप जस्‍तो थियो, तपाईंले विदेशीहरूका आवाजलाई निस्तेज गर्नुभयो, जसरी तापलाई बादलको छायाले निस्तेज पार्छ, त्यसरी नै निर्दयीको गीतको जवाफ दिइन्छ ।

“बेबिलोनको विरुद्धमा काँड हान्‍नेहरू, आफ्‍ना धनु तान्‍नेहरूलाई बोलाओ । त्यसको विरुद्धमा छाउनी हाल, र कोही पनि भाग्‍न नपाओस् । त्यसले गरेको कामअनुसार त्यसको बदला लेओ । त्यसले प्रयोग गरेको नापअनुसार त्यसलाई गर । किनभने त्यसले परमप्रभु, इस्राएलका परमपवित्रलाई दुषित पारेको थियो ।

ती दिनहरूको अन्तमा, म, नबूकदनेसरले आफ्ना आँखा स्वर्गतर्फ उठाएँ, र मेरो होश मलाई फिर्ता दिइयो । “मैले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा गरें, र सदासर्वदा रहनुहुनेलाई मैले सम्मान र महिमा दिएँ । किनभने उहाँको शासन सदासर्वदा रहन्छ, र उहाँको राज्य सबै पुस्तादेखि सबै पुस्तासम्म रहिरहन्छ ।

त्यो ठुलो अजिङ्गर अर्थात् प्राचीन सर्प जसलाई दुष्‍ट वा शैतान भनिन्थ्यो, जसले सारा संसारलाई छल गर्छ, त्यसलाई पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरूलाई पनि त्यससँगै पृथ्वीमा फ्याँकियो ।