यशैया 14:23
TSK
“म त्यसलाई लाटोकोसेरोको अधीनमा र पानीको तलाउमा राख्नेछु, र विनाशको कुचोले म त्यसलाई बढार्नेछु,”— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
“म त्यसलाई लाटोकोसेरोको अधीनमा र पानीको तलाउमा राख्नेछु, र विनाशको कुचोले म त्यसलाई बढार्नेछु,”— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।
तर जङ्गली चराहरू र जनावरहरू त्यहाँ बस्नेछन् । लाटोकोसेरो र कागले त्यसमा आफ्ना गुँड बनाउनेछन् । उहाँलले त्यसमाथि नाशको नाप्ने डोरी र विनाशको सहुल लगाउनुहुनेछ ।
त्यहाँ जङ्गली जनावरहरू र हुँडारहरू भेट्नेछन् अनि घोरलहरू एकआपसमा कराउनेछन् । रातका जनावरहरू त्यहाँ बस्नेछन् र तिनीहरूको निम्ति विश्रामको ठाउँ हुनेछ ।
उनी शक्तिशाली चर्को सोरले यसो भन्दै कराए, “पतन, महान् बेबिलोनको पतन भएको छ, त्यो दुष्ट आत्माहरूका निम्ति एक वासस्थान, हरेक अशुद्ध आत्माका लागि वासस्थान र हरेक अशुद्ध र घृणित चराको एक वासस्थान भएकी छे ।