TSK

TSK · यशैया 21:10

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

मीकायले जवाफ दिए, “परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु, कि परमप्रभुले मलाई जे भन्नुहुन्छ, म त्यही भन्ने छु ।”

रोटी बनाउन अन्‍नलाई पिसिन्छ, तर अति मिहिन पारिंदैन, र त्‍यसको गाडाका पाङ्ग्राहरू र त्यसका घोडाहरूले यसलाई छरे तापनि त्यसका घोडाहरूले यसलाई चूरचूर पार्दैनन् ।

सपना देख्‍ने अगमवक्ताले, आफूले देखेको सपना बताओस् । तर जसलाई मैले कुनै कुराको घोषणा गरेको छु, त्यसले साँचो तवरले मेरो वचन घोषणा गरोस् । परालको अन्‍नसित के सरोकार छ? यो परमप्रभुको घोषणा हो ।

“ए मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको रक्षक तुल्‍याएको छु, यसैले मैरो मुखको वचन सुन् र तिनीहरूलाई मेरो चेताउनी दे ।

ए सियोनकी छोरी उठ्‍ र दाइँ गर्, किनभने म तेरो सिङ्लाई फलाम र तेरा खुरलाई काँसा बनाउनेछु । तिमीहरूले धेरै जातिहरूलाई कुल्चनेछौ र तिनीहरूका अन्यायपूर्ण धन समस्त पृथ्वीका परमप्रभुकहाँ सुम्पनेछौ ।”

उहाँको खलालाई राम्ररी सफा गर्न र धनसारमा उहाँको गहुँ थुपार्न उहाँको निफन्‍ने नाङ्लो उहाँको हातमा छ । तर उहाँले भुसलाई चाहिँ कहिल्यै निभाउन नसकिने आगोले डढाइदिनुहुनेछ ।”