TSK

TSK · यशैया 3:21

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

“मैले तिनलाई ‘तिमी कसकी छोरी हौ?’ भनी सोधेँ । “तिनले भनिन्, ‘नाहोर र मिल्‍काका छोरा बतूएलकी छोरी हुँ ।’ तब मैले तिनको नाकमा नत्‍थ र हातमा बालाहरू लगाइदिएँ ।

बाह्रौँ महिना वा अदार महिनाको तेह्रौँ दिनमा राजा अहासूरसका सबै प्रान्तमा यसलाई कार्यान्वयन गरिनुपर्थ्यो ।

मैले तेरो नाकमा नत्‍थ लगाएँ र कानमा लुर्का लगाएँ, तेरो शिरमा सुन्‍दर मुकुट पहिराएँ ।

यसै गरी म महिलाहरूले सरलता, भद्रता र आत्मसंयमताकासाथ वस्‍त्र पहिरुन्, कपालको सृंगारपटार वा सुन वा मोती वा बहुमूल्य वस्‍त्र पहिरेर होइन,

यसको लागि केशको शृङ्गार, सुनका गरगहनाहरू, शृङ्गारका वस्‍त्रहरूजस्ता बाहिरी सजावट नगर ।