तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ । तपाईंले मलाई कष्टबाट सुरक्षा दिनुहुन्छ । तपाईंले मलाई विजयको गीतहरू घेर्नुहुनेछ ।
TSK
TSK · यशैया 32:2
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
हे परमप्रभु, मेरा शत्रुहरूबाट मलाई बचाउनुहोस् । लुक्नलाई म तपाईंकहाँ भागेर आउँछु ।
सम्पूर्ण सियोन पर्वतमाथि र त्यसको सभाको स्थानमाथि, परमप्रभुले दिनमा बादल, धूँवा, र रातमा बलिरहेको आगोको चम्कने ज्वाला सृजना गर्नुहुनेछ । यो नै सबै महिमामाथिको ढाक्ने कुरा हुनेछ ।
यसकारण परमप्रभुले नै तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछः हेर, एज जना कन्या केटीले गर्भधारण गर्नेछिन्, एउटा छोरा जन्माउनेछिन् र उनको नाउँ इम्मानुएल राख्नेछिन् ।
किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ, हाम्रो निम्ति एउटा छोरा जन्मेको छ, र शासन उहाँको काँधमा हुनेछ । अनि उहाँको नाउँ अचम्मको सल्लाकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता र शान्तिका राजकुमार राखिनेछ ।
ए मेरा मानिसहरू हो, जाओ, आफ्नो कोठाभित्र पस र पछि फर्केर आफ्ना ढोकाहरू बन्द गर । क्रोध बितेर नगएसम्म, केही बेर लुक ।
मेरा मानिसहरू शान्तिपुर्ण बासस्थानमा, सुरक्षित घरहरूमा र शान्तसित विश्राम गर्ने ठाउँहरूमा बास गर्नेछन् ।
ठाडो भिरमा म खोला बगाउनेछु र मैदानको माझमा मुल फुटाउनेछु । मरुभूमीमा पानीको तलाउ र सुख्खा जमिनमा पानीको मुल म बनाउनेछु ।
किन सुकेको जमिनमाथि म पानी खन्याउनेछु र सुख्खा जमिनमाथि खोलाहरू बगाउनेछु । तेरो सन्तानमाथि मेरो आत्मा र तेरा छोराछोरीमाथि मेरो आशिष् म खन्याउनेछु ।
परमप्रभुको शक्ति, र परमप्रभु उहाँका परमेश्वरको नाउँको महिमामा उहाँ खडा भएर आफ्नो बगालको हेरचाह गर्नुहुन्छ । तिनीहरू बाँकी रहनेछन्, किनकि पृथ्वीको कुना-कुनासम्म उहाँको महानता रहिरहनेछ ।
त्यसकारण, हरेक जसले मेरा वचन सुन्छ र ती पालन गर्छ, त्यो बुद्धिमान् मानिसजस्तै हुनेछ जसले आफ्नो घर चट्टानमाथि बनायो ।
र सँगै हामी, सहमत हुन्छौँ, “कि धार्मिकताको प्रकटित सत्याता महान छः उहाँ शरीरमा प्रकट हुनुभयो, पवित्र-आत्माद्वारा धर्मी ठहरिनुभयो, “स्वर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूको माझमा घोषणा गरिनु भयो, संसारमा विश्वास गरिनुभयो”, र “महिमामा माथि लगिनु भयो ।”