तब राजाले मलाई भन्नुभयो, “मैले के गरेको तिमी चाहन्छौ?” त्यसैले मैले स्वर्गका परमेश्वरलाई प्रार्थना चढाएँ ।
TSK
TSK · यशैया 49:17
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
त्यसलाई अहङ्कारी जातिको विरुद्ध र मेरो पुरा क्रोध पाउने मानिसहरूको विरुद्ध म पठाउँछु । लूटका मालहरू लिने, शिकार लिने र तिनीहरूलाई गल्लीको हिलोलाई झैं कुल्चने आज्ञा म उसलाई दिन्छु ।
परमप्रभु आफ्ना सृष्टिकर्तालाई तिमीहरूले किन बिर्सेका छौ, जसले आकाशलाई फिंजाउनुभयो र पृथ्वीका जगहरू बसाल्नुभयो? अत्याचारीले तिमीहरूको नाश गर्ने निधो गर्दा, त्यसको कडा क्रोधको त्रासमा निरन्तर परेका छौ । अत्यचारीको क्रोध कहाँ छ?
परमप्रभु तेरा परमेश्वर, आफ्ना मानिसहरूका निम्ति बहस गर्नुहुने परमेश्वर यसो भन्नुहुन्छ, “हेर्, मैले तेरो हातबाट धरमराउने कचौरा— मेरो क्रोधको कचौरा— लिएको छु, ताकि तैंले फेरि त्यो पिउनेछैनस् ।
साँच्चै एक जना जवान मानिसले जवान स्त्रीलाई विवाह गरेझैं, तेरा छोराहरूले तँलाई विवाह गर्नेछन् । अनि एक जना दुलहा आफ्नी दुलहीसँग आनन्दित भएझैं तेरा परमेश्वर तँसित आनन्दित हुनुहुनेछ ।