TSK

TSK · याकूब 1:6

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

बग्‍ने पानीजस्‍तो चञ्‍चल, तेरो प्रतिष्‍ठा रहनेछैन, किनभने तँ तेरा बुबाको ओछ्यानमा चढिस् । अनि त्यसलाई अशुद्ध पारिस्‌; तँ मेरो पलङ्गमा चढ़िस्‌ ।

“परमेश्‍वरमा विश्‍वास गर” भनेर येशूले उत्तर दिनुभयो ।

यसकारण, म सबै ठाउँमा पुरुषहरूले विना क्रोध र शंका, पवित्र हात उचाल्दै प्रार्थना गरेको चाहन्छु ।

विनाविश्‍वास परमेश्‍वरलाई प्रसन्‍न पार्न असम्भव छ । किनकि जो परमेश्‍वरकहाँ आउँछ उसले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्नैपर्छ र उहाँलाई जसले खोज्छ त्यसले इनाम पाउनेछ भनी विश्‍वास गर्नुपर्छ ।

यी मानिसहरू मूलविनाको पानीजस्ता छन् । तिनीहरू आँधीले उडाई लैजाने बादलजस्ता छन् । तिनीहरूको निम्ति घोर अन्धकार साँचिएको छ ।