उनका दाजुहरूले उनको ईर्ष्या गर्न लागे, तर उनका बुबाले यो विषयलाई आफ्नो मनमा नै राखे ।
TSK
TSK · याकूब 3:14
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
येहूले भने, “मसँग आऊ र परमप्रभुको निम्ति मेरो जोसलाई हेर ।” त्यसैले तिनले यहोनादाबलाई आफ्नो रथमा आफूसँगै लगे ।
किनकि मूर्ख मानिसलाई रिसले मार्छ। सजिलै छलमा पर्नेलाई ईर्ष्याले मार्छ ।
झोँकको क्रोध र रिसको बाढी छ, तर डाहको सामु को खडा हुन सक्छ र?
मलाई किन अपराध र दुष्कर्म देखाउनुहुन्छ? सर्वनाश र हिंसा मेरो सामुन्ने छन् । त्यहाँ झैँ-झगडा छ, र विवाद चर्किंदै छ ।
तिनीहरूले तिमीहरूलाई सभाघरबाट बाहिर निकाल्नेछन् । तर यस्तो समय आउँदै छ कि तिमीहरूलाई मार्ने हरेकले तिनीहरूले परमेश्वरको सेवा गरिरहेका छन् भनी ठान्नेछन् ।
कुलपतिहरूले योसेफको विरुद्धमा डाह गरे र तिनलाई मिश्रमा बेचिदिए । तर परमेश्वर तिनीसित हुनुहुन्थ्यो ।
एक समय येशू नासरीको नाउँको विरुद्धमा धेरै कुराहरू गर्नुपर्छ भन्ने म आफैँले पनि विचार गरेँ ।
तर आफ्नै मात्र भलाइ खोज्ने, सत्यताको अवज्ञा गर्ने तर अधार्मिकताप्रति आज्ञाकारी हुनेहरूमाथि क्रोध र भयङ्कर रिस आइपर्नेछ ।
तिमी जो परमेश्वरको व्यवस्थामा गर्वका साथ रमाउँछौ, के तिमीले व्यवस्था उल्लङ्घन गरेर परमेश्वरको अपमान गर्छौ?
किनभने तिमीहरू अझै सांसारिक नै छौ । यदि तिमीहरूका माझमा डाह र झगडा छँदै छ भने के तिमीहरू सांसारिक तवरले जिइरहेका छैनौ र? वा के तिमीहरू मानवीय मापदण्डअनुसार जिइरहेका छैनौ र?
तिमीहरू यति अहङ्कारी छौ! के तिमीहरूले शोक गर्नुपर्ने होइन र? यस्तो काम गर्ने व्यक्तिलाई तिमीहरूका माझबाट हटाइनुपर्दछ ।
प्रेम सहनशील र दयालु हुन्छ । प्रेमले डाह वा घमण्ड गर्दैन । यो अहङ्कारी हुँदैन ।
तर यदि तिमीहरूले एक अर्कालाई टोक्ने र निल्ने गर्छौ भने, ध्यान देओ, तिमीहरू आफैँ एक अर्काबाट नष्ट हुन नपरोस् ।
हामी अहङ्कारी नबनौँ; एक अर्कालाई रिस नउठाऔँ; वा एक अर्काको ईर्ष्या नगरौँ ।
कसै-कसैले त ईर्ष्या र बेमेलमा, र अरूहरूले सद्भावले पनि ख्रीष्टको प्रचार गरेका छन् ।
त्यो व्याक्ति घमण्डी हो र केही पनि जान्दैन, बरु ऊ विवादहरू र शब्दहरूको बरेमा गरिने तर्कहरूले झगडा गर्छ,जेलिएको हुन्छ । ती शब्दहरूले डाह, कलह, बदनामी, खराब शंकाहरू र,
किनकि जहाँ ईर्ष्या र अभिलाषा हुन्छ, त्यहाँ भ्रम र हरेक किसिमको दुष्ट काम हुन्छ ।
मेरा भाइहरू हो, यदि तिमीहरूमध्ये कोही सत्यबाट तर्किएर जान्छ, र कसैले उसलाई फर्काएर ल्याउँछ भने,