¶ तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब म फारोलाई जे गर्नेछु, त्यो तैँले देख्नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई जान दिएको तैँले देख्नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई आफ्नो देशबाट बाहिर निकाल्नेछ ।”
TSK
TSK · यर्मिया 32:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
यो तिमीहरूका निम्ति हातमा र तिमीहरूको निधारमा सम्झना गराउने कुरो हुनेछ । परमप्रभुको शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट बाहिर ल्याएकोले तिमीहरूको मुखमा यो उहाँको विधि हुनेछ ।
वा मिश्रमा तिमीहरूका आँखाकै सामुन्ने परमप्रभु तिमीहरूका परमेश्वरले गर्नुभएझैँ परीक्षा, चिन्ह, आश्चार्य, लडाइँ, शक्तिशाली हात, पसारिएको पाखुरा र महान् त्रासहरूद्वारा अर्को जातिको बिचबाट आफ्नो लागि एउटा जातिलाई लिएर आउन के परमेश्वरले कहिल्यै कोसिस गर्नुभएको छ?
परमप्रभुले हामीलाई शक्तिशाली हात, फैलिएको पाखुरा, ठुलो आतङ्क, चिन्ह र आश्चर्यहरूद्वारा मिश्रबाट ल्याउनुभयो ।
किनकि त्यसले तपाईंको महान् नाउँ, तपाईंको शक्तिशाली हात र तपाईंको फैलाइएको पाखुराको बारेमा सुनेको छ– र यस मन्दिरतर्फ हेरेर प्रार्थना चढाएको छ भने
हे परमप्रभु सर्वशक्तिमान् परमेश्वर, हे परमप्रभु, तपाईंझैं बलियो को छ र? तपाईंको सत्यता तपाईंलाई घेरा हाल्छ ।
आफ्ना मानिसहरूलाई आनन्दसाथ, उहाँका चुनिएकाहरूलाई जयजयकारको ध्वनिसँगै उहाँले डोर्याउनुभयो ।
र तिनीहरूको माझबाट इस्राएललाई बाहिर ल्याउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।