तैँले तिनीहरूलाई जान दिन इन्कार गरिस् भने म तेरो सारा देशलाई भ्यागुताले सताउनेछु ।
TSK
TSK · अय्यूब 12:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
परमप्रभुले ईजेबेलको सम्बन्धमा पनि यसो भन्नुभएको छ, 'यिजरेलको पर्खालको छेउमा नै कुकुरहरूले ईजेबेललाई खाने छन् ।'
जब येहू दरबारभित्र पसे, तब तिनले खानपान गरे । तब तिनले भने, “अब त्यो श्रापित स्त्रीलाई हेर र त्यसलाई गाडिदेओ, किनकि त्यो राजाकी छोरी थिई ।”
किनकि परमेश्वरले मेरो धनुको डोरी फुकाउनुभएको र मलाई कष्ट दिनुभएको छ, अनि मलाई गिल्ला गर्नेहरूले मेरो अनुहारकै सामु आफ्नो रिस पोखाउँछन् ।
तिनीहरूका माझमा कोही पनि थाक्नेछन् न त ठेस खानेछैन् । कोही पनि निदाउनेछैन न त उँघ्नेछन् । न त तिनीहरूका पेटीहरू खुकुला हुनेछन्, न त तिनीहरूका जुत्ताका फिताहरू नै खुकुला हुनेछन् ।
तेरो अलखा म उसलाई लगाइदिनेछु र तेरो पटुका उसलाई बाँधिदिनेछु, तेरो अधिकार म उसको हातमा सुम्पिनेछु । यरूशलेमका बासिन्दाहरू र यहूदाका घरानाको निम्ति निम्ति ऊ नै पिता हुनेछ ।
त्यस दिन परमप्रभुले स्वर्गका सेनाहरूलाई आकाशमा र पृथ्वीका राजाहरूलाई पृथ्वीमा दण्ड दिनुहुनेछ ।
उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ । उहाँले राजाहरूलाई हटाउनुहुन्छ र राजाहरूलाई सिंहासनमा राख्नुहुन्छ । उहाँले बुद्धिमान्लाई बुद्धि र समझदारहरूलाई ज्ञान दिनुहुन्छ ।
परमेश्वरले तिनीहरूलाई हेरोदकहाँ फर्की नजानू भनी सपनामा चेतावनी दिनुभयो । त्यसैले, तिनीहरू अर्कै बाटो भएर आ-आफ्नै देशमा गए ।
अन्त्यमा, प्रभुमा र उहाँको सामर्थ्यको शक्तिमा बलियो होओ ।