TSK

TSK · अय्यूब 13:4

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।

¶ अहिले बोलाउनुहोस् । तपाईंलाई जवाफ दिने कुनै व्‍यक्‍ति छ? पवित्र मानिसहरूमध्‍ये कुनतिर तपाईं फर्कनुहुनेछ?

तिनमा पानी भेट्टाउने निश्‍चयता भएको हुनाले तिनीहरू निरुत्साही भए । तिनीहरू त्यहाँ गए, तर तिनीहरू धोकामा परे ।

के परमेश्‍वरले न्यायमा रोक लगाउनुहुन्‍छ र? के सर्वशक्तिमान्‌ले धार्मिकतामा रोक लगाउनुहुन्छ र?

वास्तवमा दुष्‍ट व्यक्तिको बत्ती निभाइनेछ । उसको आगोको ज्वाला बल्नेछैन ।

किनकि विनाकारण तपाईंले आफ्नो भाइबाट ऋणको जमानत माग्‍नुभएको छ, अनि तपाईंले दरिद्रहरूको सबै लुगा खोसेर तिनीहरूलाई नाङ्गो पार्नुभएको छ ।

अहङ्कारीहरूले झुटा बोलेर मेरो बदनाम गरेका छन्, तर आफ्‍नो सारा हृदयले तपाईंका सुझावहरू म पालन गर्छु ।

के गिलादमा कुनै औषधी छैन? के त्यहाँ कुनै निको पार्न व्‍यक्‍ति छैन? मेरा मानिसहरूको छोरीको चोट किन निको भएको छैन त?

तेरो विषयमा निम्ति बिन्ति गरिदिने कोही छैन । तेरो चोटलाई निको पार्नलाई तेरो निम्‍ति कुनै उपचार छैन ।

रोगीहरूलाई तिमीहरूले बलियो पारेका छैनौ, न त बिरामीहरूलाई तिमीहरूले निको पारेका छौ । भाँचिएकाहरूलाई तिमीहरूले पट्टी बाँधेका छैनौ, र निर्वासितहरूलाई पुनर्स्थापित गरेका छैनौ वा हराएकालाई खोजेका छैनौ । त्‍यसको साटोमा, तिमीहरू तिनीहरूमाथि बल र हिंसामा शासन गर्छौ ।

जब येशूले यो सुन्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जो मानिस शरीरमा बलियो छ, त्यसलाई वैद्यको आवश्यक पर्दैन; तर बिमारीलाई मात्र वैद्यको आवश्‍यक पर्छ । म धर्मीहरूलाई बोलाउन आएको होइनँ, तर पापीहरूका लागि आएको हुँ ।”